चीनद्धारा शक्तिशाली मिसाइल परीक्षण

images-cms-image-000013877चीनले शक्तिशाली एक मिसाइलको नयाँ संस्करणको परीक्षण गरेको छ। यसले एकै पटक १० वटा परमाणु अस्त्रलाई फर्काइदिनसक्ने बताइएको छ। यसलाई चीनले परमाणु क्षमतामा आफूलाई शक्तिशाली बनाउँदै लगेको संकेतका रुपमा लिइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु हुनुअघि देखि नै चीनसँगको सम्बन्धमा आएको उतारचडावकाबीच गरेको यो परीक्षणलाई चीनको सम्भावित सैन्य क्षमता प्रदर्शनको तयारीका रुपमा लिइएको छ। आजको राजधानी दैनिकमा समाचार छ।

चीनले मिसाइल डीएफ–५सी ‘टेन मल्टिबल इन्डिपेन्डेन्टली टारगेटेबल रिन्ट्री व्हिकल्स अर्थात एमआईआरबीका साथमा उडान परीक्षण गरेको अमेरिकी फ्रि बिकनको समाचारमा उल्लेख छ। अमेरिकी अधिकारीहरुले यस प्रकारको परीक्षणलाई कडा नजर राखेको जनाएका छन्।

दश नक्कली मुख्यअस्त्रद्वारा लैस डांगफेंग–५सी मिसाइल साङ्सी प्रान्तको तैयुआन स्पेस लन्च सेन्टरमा लन्च गरेको र पश्चिम चीनको रेगिस्तानमा गएर खसेको जनाएको छ।

यो मिसाइल अन्तरमहादेशीय व्यालिस्टक मिसाईल डीएफ–५ को नयाँ संस्करण भएको जनाइएको छ, जुन सन् १९८० को दशकको सुरुवातमा आएको थियो। पेन्टागनका प्रवक्ता गेरी रसले रक्षामन्त्रालयले चीनको सैन्य गतिविधिमाथि नियमित रुपमा नजर राखेको जनाएका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग