जिल्ला युवा विकास समिति पर्वतको कार्यालय उद्घाटन

yuwa-parisad-1युवाहरुको विकासका लागि गठन गरिएको जिल्ला युवा समिति पर्वतको एक कार्यक्रमकाबीच कार्यालयको शुभारम्भ गरिएको छ ।
समितिको कार्यलयको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी, स्थानिय विकास अधिकारी युवाराज पौडेल सहित जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुखहरुले उद्घाटन गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले पर्वतमा युवा विकासको क्षेत्रमा काम गर्ने गरि कार्यालयको शुभारम्भ हुनु सकारात्मक भएको बताउँदै यस कार्यालयले जिल्लामा युवाहरुको रोजगारी तथा आर्थिक संमृद्धीको क्षेत्रमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले युवाहरुको विकास साथै वैदेशिक पलायन रोक्न कार्यालयले युवा लक्षित कार्यक्रम संचालन गर्न सक्ने बताउँदै आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी युवराज पौडेलले जिल्लाको विकासका लागि युवाहरुको क्षमता अभिवृद्धी गर्नुपर्ने बताउँदै जिल्ला विकास समितिले पनि युवा उद्यम र रोजगारीका क्षेत्रमा मिलेर काम गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला युवा समिति पर्वतका अध्यक्ष बिमल लामिछानेले जिल्लामा रहेका युवाहरुका लागि युवा स्वरोजगार तथा उनीहरुका लागि आवश्यक कार्यक्रमको बारेमा लागत संकलन गरि काम गर्ने बताउनुभयो । उहाँले कार्यालयले ग्रामीण युवा उद्यम कार्यक्रम अन्र्तगत एक वडा १० युवा १ उद्यम, जिल्लास्तरमा रहेका युवाको प्रतिभा तथा युवा उद्यमीको खोजि र उनिहरुलाई प्रोत्साहान गर्ने उद्देश्य स्वरुप युवा समितिले काम गर्ने बताउनुभयो ।

जिल्लामा रहेको युवा शक्तिको परिचालन गर्न सके देश संमृद्धीतर्फ लाग्ने भएकाले युवाहरुलाई आवश्यक पर्ने स्रोत साधन तथा राज्यले विना धितो ऋण तथा सुबिधा दिनुपर्ने बताउनुभयो ।

उहाँले आगामी दिनमा युवा विकास समितिलाई क्रियाशिल बनाउन विभिन्न संघ संस्था तथा सरकारी कार्यालयसँग समन्वय गरेर अगाडी बढ्ने बताउनुभयो ।

सो अवसरमा जिल्ला युवा समिति पर्वतका कार्यालय प्रमुख हेम नारायण चापागाईले आर्थिक बर्ष २०७३÷०७४ को वार्षिक कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । जिल्ला युवा समिति पर्वतका अध्यक्ष बिमल लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कार्यलय प्रमुख हेम नारायण चापागाईले र संचालन कृष्ण आचार्यले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग