रेडियोमा अन्तवार्ता सुन्दा केपी ओलीलाई लाज लागेपछि…

रेडियोमा अन्तवार्ता सुन्दा केपी ओलीलाई लाज लागेपछि…

२० माघ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले देशभक्ति र विदेशीसँग अहस्तक्षेपको नीति लिँदा ‘महेन्द्रीय राष्ट्रवाद’ भन्दै भ्रम फिँजाइएको बताएका छन् । सत्तारूढ कांग्रेस, माओवादी र मधेसी दलहरूका गतिविधिप्रति आपत्ति जनाउँदै उनले एमालेको राष्ट्रभक्तिको कुरालाई अरूले देखिनसहेको बताएको समाचार कान्तिपुरले छापेको छ ।

तराई–मधेस केन्द्रित विशेष अभियान थालनी गर्नेबारे जानकारी दिन बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘देशभक्तिको कुरा गर्दा खोक्रो राष्ट्रवाद रे, महेन्द्रीय राष्ट्रवाद रे । जनता देशभक्त छैनन्, राजा मात्र देशभक्त हुन्छन् ?’

जे विषयलाई पनि महेन्द्रीय भन्नेबित्तिकै राजा मात्र देशभक्त हुन्छन् भन्ने सन्देश गइरहेको भन्दै ओलीले आपत्ति जनाए । उनले संविधान कार्यान्वयनका लागि चुनाव अपरिहार्य भए पनि सत्तारूढ दलहरू त्यसबाट भाग्न खोजिरहेको आरोप लगाए । ‘निर्वाचनको मिति घोषणा गर्ने कुरामा तँ कुटेजस्तो गर, म रोएजस्तो गर्छु जस्तै गर्दैछन्,’ अध्यक्ष ओलीले भने, ‘आज बिहान एउटा रेडियो अन्तरर्वार्ता सुनें, लाजै नमानी भन्छन्, अब विपक्षीलाई जनतामा जान दिँदैनौँ, एमालेलाई बाह्य शक्ति लगाइदिन्छौं ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार