१३० पत्नीका पतिको निधन,

mohammed-bello-abubakar
काठमाण्डौ । सुन्दै अचम्म लाग्ने, १ सय ३० जना पत्नी एउटा पुरुषकोको निधन भएको छ  । नाइजेरियाका मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएपछि यो खुलासा भएको छ कि, कुनै बेलाका मुस्लिम धर्मगुरु मौलवी उनले १ सय ३० जना महिलासँग विवाह गरेका थिए। आफूलाई विवाह गर्नका निम्ति अल्लाहले धर्तीमा पठाएको भनेर उनले बताउँदै आएका थिए। आइतबार उनको मृत्यु भएपछि हजारौं मानिस उपस्थित भएका थिए।

बेलोका निजी सहायक सलावुद्दिन बेलोले न्युज एजेन्सी अफ नाइजेरियालाई बेलो केही समयदेखि बिरामी भएको जानकारी दिएका थिए । विरामी भए पनि उनको मृत्यु भने घरमै भएको थियो। अबुबकरले कुरानको आफ्नै ढंगले व्याख्या गर्ने गरेका थिए।

कुरानले आफूले चाहे जति विवाह गर्ने अनुमति दिएको उनको भनाइ थियो। दुःखविना जति श्रीमती पाल्न सकिन्छ त्यति विवाह गर्ने आफ्नो हक भएको उनको भनाइ थियो।
सन् २००८ मा त्यहाँका मुस्लिम धर्मगुरुहरूले बेलोका निकै आलोचना गरेका थिए। कैयौं मौलवीले उनलाई ४८ घण्टाभित्र जीवित ८६ श्रीमतीमध्ये ८४ जनालाई तलाक दिनुपर्ने आदेश दिएका थिए। त्यसको जवाफमा उनले विवाह गर्नु आफ्नो पवित्र लक्ष्य भएको बताउँदै आएका थिए। बेलोका २०३ जना सन्तान छन् । यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना