प्रमुख निर्वाचन आयुक्तको आरोप –सरकार र संसदले मुलुकलाई अन्यौलमा राखे,http://newsdabali.com/2017/02/61271

९० दिन बाँकी भएपनि चुनाब सम्पन्न गर्न सक्छौ


ayodhiपर्वत/
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादबले स्थानिय निर्वाचनका बारेमा सरकार र संसदले आयोगलाई अन्यौलमा राखेको आरोप लगाउनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतले बुधबार दिउँसो पर्वतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादबले सरकारले मिति घोषणा नगर्ने र संसदले आवश्यक ऐनहरु समयमा जारी नगरी आयोगलाई अन्यौलमा राखेको आरोप लगाउनु भएको हो ।
‘स्थानिय निर्वाचन हुनुपर्छ भन्ने कुरामा सबै सहमत छन’ उहाँले भन्नुभयो ‘स्थानिय तह वा स्थानिय निकायको निर्वाचन गर्ने भन्ने कुरामा नै आयोगलाई अन्यौलमा राख्ने काम भयो’ उहाँले सरकारले स्थानिय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गर्दैगर्दा स्थानिय तह वा निकायका बारेमा आयोग अन्यौलमा रहेको उहाँले बताउनुभयो । ‘निर्वाचन आयोग, सांसद र आम जनता समेत कुन निर्वाचन हुन्छ भन्नेमा अन्यौलमा रहेका छन् यस्तो अवस्था रहिरहनु हुँदैन उहाँले भन्नुभयो । अहिले निर्वाचन गर्ने सुनौलो मौका आएको छ उहाँले भन्नुभयो –‘यस्तो अवस्थामा पनि दलहरुबीच सहमति हुन नसक्नु र निर्वाचनको मिति घोषणा हुन नसक्नु मुलुककै लागि दुर्भाग्य हो ।
उनले जेठपछि निर्वाचन गर्न समस्याहरु आइपर्ने बताउँदै वैशाख मसान्तभित्रै चुनाव गर्नेगरी मिति घोषणा गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
उहाँले निर्वाचन गराउनका लागि एक सय २० दिन आवश्यक पर्ने भएपनि सरकारले मिति घोषणा गरेमा ९० दिनमै तयारीगर्न आयोग तयार रहेको पनि स्पष्ट पार्नुभयो । आयोग स्थानिय तह वा निकाय जुनसुकै निर्वाचन गर्न पनि तयारी अवस्थामा रहेको बताउँदै सरकारको मिति घोषणालाई पर्खिरहेको पनि उनले बताए । स्वच्छ, र निष्पक्ष निर्वाचनको व्यवस्थापन गर्नका न्यूनतम एक सय २० दिन आवश्यक पर्छ, यदि सरकारले ढिलोगरी मिति घोषणा गरेमा पनि हामी ९० दिनभित्रमा पनि सवै तयारी गर्न सक्छौ उहाँले भन्नुभयो । यद्यपी छोटो समय भयो भने केही समस्याहरु हुने उहाँको भनाई थियो ।
आगामी निर्वाचनमा आयोगको आचारसंहिता पालनामा शुन्य सहशिलता अपनाउने बताउनुभयो । कुनै पार्टी वा उम्मेदवारले आचारसंहिताको उल्लंघन गर्न नदिनका लागि आयोगले आवश्यक व्यवस्थापन गरिसकेको र यदि आचारसंहिताको उल्लंघन गरेको पाइएमा आयोगले आवश्यक कारवाहि प्रकृया अघि बढाउने उहाँको भनाई छ ।
स्वच्छ र निष्पक्ष निर्वाचननै लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै आगामि निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आयोगले तयारी गरेको बताउनुभयो । । उहाँले जिल्लास्थित सुरक्षा निकाय र कर्मचारीहरुलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिनुभयो । कार्यक्रममा उहाँले अहिले दर्ता भएका दलका आधारमा मतपत्र बनाउँदा ३ फिटको हुने र बुकलेट जस्तो बनाउनुपर्ने झण्झट रहेको बताउँदै त्यसका लागि बिद्युतीय मतदान उपयुक्त हुन सक्ने र त्यसको परिक्षण समेत भैरहेको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा सांसद अर्जुनप्रसाद जोशीले सरकार निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले स्थानिय तहकै निर्वाचन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै सकेसम्म संविधान संशोधन गरेर सहमतिमै निर्वाचनको मिति घोषणा हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जिल्लामा सरकारी संयन्त्र निर्वाचनका लागि तयारी अवस्थामा रहेको जानकारी गराउँदै आयोगको निर्देशन प्राप्त हुन साथ खटिने बताउनुभयो । कार्यक्रमा जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जिल्लाको समग्र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा जिल्लामा दल दर्ता गराएका १६ वटा दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग