‘पिउँदिन भन्दा भन्दै’ वान्स मोर भनेपछि ……..(फोटो फिचर सहित)

16466419_1610461908968946_1189266807_o
पर्वत /साँझ ढल्दै थियो तर माघको चिसो साँझमा पनि कुस्माबजार बिस्तारै तात्दै गयो । चिसो साँझमा सुगम संगीतका पछिल्लो पुस्ताका हिट गायक शिब परियारले ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ भन्दै मञ्चमा गाउँन थालेपछि दर्शकहरु झनै तात्न थाले र भन्न थाले ‘वान्स मोर’
पाँचौ पर्वत महोत्सबमा बुधबार पर्वत आएका गायक परियारले आफ्नो सबैभन्दा हिट बनेको गीत ‘पिउँदीन भन्दा भन्दै पिलायो साथीले’ भन्ने गीत दर्शकहरुको वान्समोर वान्समोर भन्दै माग आएपछि दोस्रो पटक पनि गाए । 16443799_988656997934200_2084369548_o
पर्वतमा दर्शकहरु नाँच्दैन सुनेर मात्रै बस्छन भन्ने गुनासो दिनभर अन्य कलाकारले मञ्चबाट गरिरहेका हुन्छन तर जब शिब परियार मञ्चमा चढे त्यसपछि दर्शक त ननाँची बस्नै सकेनन नै मञ्चमा बसेका अतिथि पनि हल्लन थालिहाले । सुमधुर गजल देखि छमछम नचाउने गीतहरु गाउन खप्पीस परियारले डेढ घण्टा लगातार मञ्च र हल सबै तताए, सबैलाई नचाए पनि । उनले लगातार डेढ दर्जन गीत गाउँदा चिसो कुस्मा मज्जैले तात्यो ।
कार्यक्रममा गायक शिब परियारले लगातार गाउँदै सबैलाई बेहोस बना्उँदै होसमा ल्याउँदै गर्न सफल भए , आफ्नो गीत जस्तै ‘बेहोस पछि होसमा आउँदा क्या दामी भो….’ .मार्फत ।16444068_988657027934197_131775477_o
गायक परियारले त्यसपछि सेन्टिमेन्टल गीत गाउँदै दर्शकलाई अलिबेर भावुक बनाएनन मात्रै प्रेमको गाँठो कसिलो बनाउन आग्रह पनि गरे । ‘सुन्छु तिमीले मलाई भुल्नै आटेकी छौ रे….’ बोलको गीत गाए भने ‘दिल जलेर आज खरानी भो’ अलिकति नजर तिम्रो…’ गीत गाए । सूरुमा मन छुने भावुक गीत गाएका परियारले त्यसपछि भने सबैलाई नचाउने गीतहरु गाए झण्डै कन्र्सटको झल्को दिने गरी । उनको सर्वाधिक लोकप्रिय गीत ‘बेहोसी पछि होसमा आउँदा क्या दामी भो’ गाएपछि सबै नाच्न थाले , यो गीत पछि उनले लगातार दर्शकलाई नचाउने आधा दर्जन भन्दा बढी गीत गाएका थिए । ‘मलाई जालैमा पा¥यो फेसबुकले..’ गीतमा पनि दर्शकको उत्तिकै साथ पाएका थिए ।

16409916_988657467934153_861580152_oउनले ‘रुपौली नानी’ , ‘गालैको कोठी हेरे एक चोटी’ गाएपछि तामाङ्गसेलोमा रहेको ‘रोशीखोला तिरमै’ गाउँदा उठबस गरेर दर्शक र अतिथि नाँचेका थिए । उनले ‘पिउँदीन भन्दा भन्दै’ गाउँने तयारीमा रहेका बेला कम्प्युटर ह्याङ्ग हुँदा झण्डै १० मिनेट स्टेश सुनसान भयो । त्यसमा उनले बिना ट्रयाक गाएर भएपनि दर्शकलाई बस्न दिएनन । त्यसपछि परियारले बजारमा आउने तयारीमा गीत‘पाकेर खाको फल मिठो, काँचोमा लाँको माया राम्रो’ भन्ने गीत पनि सुनाए । आफ्नो यो गीत पनि हिट हुने बिश्वास उनको छ । 16444076_1610461842302286_609648345_o16409865_988657071267526_1900180563_o
16466333_1610461868968950_1964565414_o

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए