प्रमुख निर्वाचन आयुक्त यादबको निर्देशन – मन्त्री जिल्लामा आउँलान गाडी माग्लान कुनै हालतमा नदिनुस

ahoyodi yadab parbat
पर्वत/स्थानिय निर्वाचन हुने बेलामा जिल्लामा आउने मन्त्रीले गाडी र अन्य सरकारी स्रोत साधन प्रयोग गर्न खोजे कुनै हालतमा नदिन सरकारी कर्मचारीलाई निर्देशन दिएका छन ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादबले जिल्ला निर्वाचन कार्यालयको नयाँ भवन शिलन्यास गर्दै सार्वजनिक पद धारण गरेका मन्त्री वा उच्च पदस्थ अधिकारीलाई सरकारी स्रोत साधन प्रयोग गर्न नदिन निर्देशन दिएका हुन ।
‘निर्वाचनको आचारसंहिता लागु भएपछि जिल्लामा आउने मन्त्री र सार्वजनिक पद धारण गरेका मन्त्री र उच्च पदस्थ ब्यक्तिले गाडी माग्लान, स्रोत साधन माग्लान’ उनले भने ‘त्यसरी मागेमा कुनै पनि हालतमा नदिनुहोला, हाम्रो बाध्यता छ दिन सक्दिन भन्दिनुस’ उनले मन्त्री र सार्वजनिक पद धारण गरेका ब्यक्तिलाई गाउँ जान नदिन पनि निर्देशन दिए ।
bhawan silanyasसो अवसरमा बोल्दै यादबले स्थानिय निर्वाचनका लागि तयारी अवस्थामा रहन कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिए । अब केहि समयमा स्थानिय निर्वाचनको मिति घोषणा गर्ने सरकारले तयारी गरिरहेको छ । उनले भने मिति घोषणा भएपछि निर्वाचन निष्पक्ष, स्वतन्त्र र तटस्थ बनाउनु हामी सवैको दायित्व भएकाले सक्रिय भएर लाग्नुस ।
उनले निर्वाचनको आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि कारवाहिको दायरामा ल्याईने बताउँदै जिल्लामा भित्रिने सार्वजनिक पद धारण गरेका मन्त्री वा अन्य उच्च पदस्थ कर्मचारीलाई गाउँ जान रोक लगाउनुपर्ने बताए ।
उहाँले निर्वाचन हुनुभन्दा एक सय दिन अघि मिति घोषणा गर्नुपर्ने बताउँदै उनले ऐन नियम छिटो निर्माण गरेर मिति घोषणा गर्न सरकारलाई आग्रह गरे । निर्वाचन हुनुपर्छ, निर्वाचन र लोकतन्त्र एक अर्काका परिपुरक हुन् । निर्वाचनको मिति तत्काल घोषणा गर्ने विषयमा प्रधानमन्त्रीसँग पटक पटक छलफल भैरहेको बताउँदै जुनसुकै निर्वाचन गर्न पनि आयोग तयारी अवस्थामा रहेको उनले बताए ।
प्रमुख आयुक्त यादबले आयोग निर्वाचनको पुर्ण तयारीमा रहेको बताउँदै अझैपनि मतदाता नामावलीमा नाम समावेश नभएकाहरुलाई तत्काल फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउन आग्रह पनि पनि गरे ।
जिल्ला निर्वाचन कार्यलय पर्वतको भवन रु २ करोड ९ लाखको लागतमा बन्ने भएको छ । २०७४ फागुन भित्र सम्पन्न हुनेगरी निर्माणकार्य शुरु भएको भवनको निर्माण नयाँबाटो सुर्योदय कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । भवनमा अपांग मैत्री सहितका १४ कोठा रहनेछन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग