पाचौ पर्बत महोत्सव पाँचौ दिन सम्म आइपुग्दा दर्शकको चाप वढ्दो

pashupati-1सुबास लामिछाने, पर्बत /पर्बत उद्योग बाणिज्यसंघको आयोजनामा पर्बतमा जारी पाचौ संस्करणको पर्बत महोत्सव पाचौ दिन पनि जारी रहेको छ । महोत्सबले पाचौ दिन सम्म आइपुग्दा दर्शकको अपार साथ पाएको छ ।
महोत्सवमा दैनिक १० हजार भन्दा बढीले अवलोकन गर्नेगरेका छन् । महोत्सवमा स्थानिय उत्पादन वाल उद्यानसंग संगै विभिन्न खेलहरुले पनि महोत्सवलाई आर्कषीत गरिरहेको आयोजकले जनाएको छ । महोत्सवमा अधिकांस वस्तुहरु जिल्लाको उत्पान नै रहेको छ । जिल्लाको कृषि उत्पादन लघु उद्यमका वस्तुहरु, बासबाट उत्पादीत बस्तुहरु जुन प्रचार प्रसारको अभावले बजार पाउन नसकेको अवस्थामा रहेका उत्पादीत सामानलाई प्रथामिका दिएको आयोजकको भनाई छ । सम्बृद्ध पर्बतको निमार्ण गर्न र जिल्लाको कृषि पर्यटन र उद्योग क्षेत्रको लगानीमैत्री वातावरणमा सुधार गर्न महोत्सव सफल हुने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले बताउनुभयो ।
महोत्सवमा पर्बत संगै छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पोखरा सम्मका दर्शकहरुको समेत सहभागीता रहेको उद्योग वाणिज्य संघका महासचिव तथा महोत्सव सचिव ठाकुर वि. पौडेलले जानकारी दिनुभयो । महोत्सवको पाचौे दिन सम्म झण्डै ६० हजार दर्शकले मेलाको प्रत्यक्ष अवलोकन गरेको उहाले जानकारी दिनुभयो । महोत्सवमा कृषि क्षेत्रका स्टलहरु, माटाका भाडा बनाउने सेरामिक्स उद्योगका उत्पादन, स्थानीय घरेलु उत्पादनका ढाका, पर्बत जिल्लाको एक मात्र मुख्य उत्पादन लप्सीका परिकार, सुन्तला लगायतका उत्पादन मुख्य आर्कषण बनेको उहाले बताउनुभयो ।
महोत्सवमा दर्शकको चाप संगै स्टलमा राखेको सामाग्रीहरुको बिक्रीवितरणमा समेत दिन प्रतिदिन बृद्धि भइरहेको महोत्सव स्टल ब्यवस्थापन उपसमितीका संयोजक शिब शर्मा पौडेलले जानकारी दिनुभयो । महोत्सममा राखिएका कृषि जन्य उत्पादन तथा लघु उद्यमीद्धारा उत्पादीत वस्तुहरुले यस जिल्लामा मात्र नभएर बाहिरि जिल्लाका अवलोकन कर्ताहरुले पनि रुचाउने भएकाले र यस व्यवसायको प्रर्बद्धनमा महोत्सवले टेवा पु¥याउने विश्वास आयोजकले लिएको छ । महोत्सवमा सोमबार चर्चित लोक दोहोरी गायक पशुपति शार्मले दर्शकहरुलाई छमछमी नचाएका थिए

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना