पारिलो घाम लागेको बेला पशुपतीले पानी दर्काएपछि…………….

pashupati

पर्वत  । माघ महिनाको चिसोमा पशुपती शर्माले झम झम दर्कियो पानी….. बोलको गित मञ्चमा गुञ्जाएपछि पर्वत महोत्सवमा उपस्थित दर्शकहरु ननाचेर सुखै पाएनन् । फरक फरक रोजाईका गित गाएर चर्चामा आउने पशुपती मञ्चमा आएदेखि करिब १ दर्जन गित गाए । उनका कुनै पनि गितमा दर्शकलाई झर्को लाग्ने खालको भएन ।
उनले गाएका सबै गितले दर्शहरुलाई भरपुर मनोरञ्जन दिएको थियो । युवादेखि बृद्ध बृद्धासम्मलाई नचाउने खालका उनका गितले महोत्सवलाई छुट्टै रौनक दियो । शर्माको बसी बसी खान्छु भन्दा ढाड दुखेर मा¥यो……बोलको गितदेखि बत्ती बाल्न पर्दैन त्यो ठाउँमासम्मका गितमा दर्शकहरु छमछमी नाचेका थिए ।
शर्माले हालै मात्र बाहिर सार्वजनिक गर्ने तयारीमा रहेको गित सररर पेलेनमा आए, मलाई अमेरिका यहिँ………, आउ यता डल्ली, माया भुल्ने औषधि पाए, लास्टै चोटी हो लगायतका गित गाएका थिए । पर्वतमा गुञ्जिने स्थानीय लोक भाका र पशुपतीको दर्शक नचाउने शैलीका कारण महोत्सवमा छुट्टै रौनक छाएको पाईन्थ्यो ।
गत बिहिबारदेखि सुरु भएको पाँचौं पर्वत महोत्सवमा कलाकारहरुको प्रस्तुतीले महोत्सवलाई आकर्षक बनाएको छ । महोत्सवमा करिब ३ दर्जन कलाकारहरुको प्रस्तुती रहने छ । लोक तथा आधुनिक विधाका साथै डिजे पप कन्सर्टसम्म रहने बताईएको छ । महोत्सवमा कलाकार प्रजापती पराजुली, सम्झना भण्डारी, कृष्ण देबकोटा, प्रकाश सपुत, राजन ठकुरी, योजना गिरी, कुलेन्द्र विश्वकर्मा, कृष्ण अखेली, लगायतले आफ्नो प्रस्तुतीमा दर्शकलाई मनोरञ्जन दिएका थिए ।
१३ गतेदेखि सुरु भएको महोत्सवको दोस्रो दिन परेको झरीका कारण महोत्सव प्रभावित हुँदा कलाकार बद्री पंगेनीको प्रस्तुती भने स्थानीयले हेर्न पाएनन् । स्थानीय कला संस्कृतीको संरक्षण एवम् संबद्र्धन गर्ने उद्देश्यले संचालित महोत्सवमा खुल्ला रत्यौली गीत प्रतियोगिता, नृत्य, लोक गीत तथा कला संस्कृतिको प्रदर्शनी लगायतका कार्यक्रम रहेका छन् ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’