फेरि थपिदैं २५ मेगावाट बिजुली

transmissionकेन्द्रीय प्रशारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगवाट बिजुली ल्याउन लागेको छ ।

यसअघि विद्युत् प्राधिकरण र भारतको नोडल एजेन्सी एनभिभिएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रशारण लाइनबाट थप ८० मेगावाट बिजुली खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो । पुस १७ देखि ४० मेगावाट र माघ १९ गतेदेखि ४० मेगावाट गरी ८० मेगावाट बिजुली ल्याउन सम्झौता भएको थियो । तर वुधबारदेखि २५ मेगावाट मात्र बिजुली थप हुने प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

भारतबाट तीन सय ५५ मेगावाट बिजुली आयात भएकोमा बुधबारबाट २५ मेगावाट थपिएर तीन सय ८० मेगावाट पुग्ने छ । गत बर्ष तीन सय ४७ मेगावाटसम्म बिजुली आयात भएको थियो । नदीको पनी घटेर बिजुली उत्पादनमा केहि कमि आएपनि पछिल्लो समयमा माग नबढेकाले लोडेडिङ व्यवस्थापन हुनेमा प्राधिकरण ढुक्क छ।यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’