गगन थापाको अर्को लोकप्रिय काम मुटुको भल्भ फेर्न शुल्क नलाग्ने

१६ माघ ।

heartसरकारले बाथ–मुटुरोगको शल्यक्रियालगायत सबै उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य मन्त्री गगन थापापले फागुन १ देखि यो सुविधा दिने जिर्णय भएको जानकारी दिए ।

‘हाम्रै साधन स्रोतले बाथ मुटु रोगको शल्यक्रियालगायतका सम्पूर्ण उपचार निस्शुल्क गर्न सकिने अवस्था देखिएपछि सरकारले घोषणा गरेको हो’शनिबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको वार्षिकोत्सव समारोहपछि मन्त्री थापाले भने । सरकारले शल्यक्रिया, खाने औषधि, अस्पतला बसाइलगायत सबै उपचार पनि निःशुल्क गर्ने उनले जनाए ।

यो उत्पादनशील उमेर समूहलाइ लाग्ने रोग भएकाले समयमै उपचार गरेर उहाँहरुको काम गर्ने क्षमता कायम राख्दै सामान्य जीवनमा फर्काउने हो’, थापाले भने । उनका अनुसार धेरै युवा बाथ मुटु रोग लागेर उपचार खर्चको अभावमा अलपत्र पर्ने गरेका थिए ।

यसअघि सरकारी अस्पतालहबाट १५ वर्ष मुनी र ७५ वर्षमाथिका मुटुरोगीका लागिमा निःशुल्क उपचारको सुविधा थियो । यो रोग ५ देखि १५ वर्षसम्ममा सुरु हुने भए पनि शल्यक्रिया गराउनुपर्ने स्थितिमा पुग्दा उनीहरू वयस्क भइसक्ने भएकाले निःशुल्क उपचार पाइरहेका थिएनन् ।यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

मुटुको भल्भ बिग्रेका व्यक्तिमध्ये धेरैको शल्यक्रिया गर्नुपर्छ भने सामान्य क्षति भए औषधि खाएर पनि चिकित्सकीय निगरानीमा रहनुपर्छ । कसैकसैमा यो समस्या बढ्नेसमेत गर्छ र शल्यक्रिया गराउनुपर्छ । शल्यक्रियामा मुटुको भल्भलाई फेरर कृत्रिम भल्भ राखिन्छ वा विरामी कै भल्भलाइ शल्य चिकित्सकले मर्मत समेत गर्छन् ।यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए