एमालेको प्रदेश कमिटी बैठक पर्यटकीय गाउँ चिेत्रमा

cpn-uml
पर्वत,नेकपा एमालेको प्रदेश नं ४ को प्रदेश कमिटी सचिवालय वैठक आगामी आइबार र सोमबार पर्वतको पर्यटकीय गाउँ चित्रेमा हुने भएको छ । नेकपा एमाले पर्वत जिल्ला कमिटिको ब्यवस्थापनमा उक्त वैठक आयोजना हुन लागेको हो ।
एमालेको गाउँ जागरण अभियानलाई समेत लक्षित गरेको आयोजना गरिएको उक्त बैठकले जिल्लाको पर्यटकीय सम्भावनाको समेत प्रचार प्रसार हुने जिल्ला कमिटि अध्यक्ष पदम गिरीले जानकारी दिए । प्रदेश कमिटिमा रहेका १३ सदस्यीय एमालेको केन्द्रिय टोली उक्त वैठकमा भाग लिनेछन । वैठकले समसामयीक विषयमा महत्वपूर्ण छलफल गर्ने एमाले श्रोतले जनाएको छ ।
वैठकमा सहभागी हुनका लागि एमालेका केन्द्रिंय नेताहरु १६ गते पर्वत आउनेछन् । बैठकको भब्य तयारी भैरहेको एमाले पर्वतका अध्यक्ष पदम गिरीले जानकारी दिए । अध्यक्ष गिरी भन्छन–‘नेताहरुको स्वागत र वैठक ब्यवस्थापनका लागि आर्थिक श्रोत ब्यवस्थापन र स्वागतको तयारी भईरहेको छ ।’
एमालेको प्रदेश कमिटीको सचिबालय बैठकलाई पर्यटन प्रर्बद्धन संग जोडेर पनि हेरिएको प्रदेश सह संयोजक पोलिटब्युरो सदस्य गणेश ाितमिल्सीनाले बताए । प्रदेश कमिटिको सचिवालय वैठक पछि एमाले नेताहरु पञ्चासे, डहरेलेक,को अवलोकन गर्नेछन भने बैठक शुरु नहुँदै आइतबार कुस्माका अग्लापुलहरु अवलोकन गर्ने कार्यक्रम छ। जिल्लाका पर्यटकीय सम्भावना भएका स्थलहरुको अवलोकन गराउँदा त्यसले जिल्लाको पर्यटकीय विकासमा समेत टेवा पुग्ने बिश्वास लिइएको तिमिल्सीनाले बताए । यस अघि एमालेको प्रदेश कमिटिको वैठक नवलपरासीको मध्यबर्ति थारु होमस्टेमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’