आमाको स्मृतिमा मृगौला पिडीत परिवार सहयोग

16358476_1259819034053198_122687606_n

पर्वत/आफ्नी आमाको स्मृतिमा परिवारका सबै सदस्य मृगौला फेल भएको परिवारलाई सहयोग गरेका छन ।
पर्वतको कुस्मा नगरपालिका वडा नं ९ खत्रीटोल निवासी समाजसेवी गोलमान गुरुङ्गले आफ्नी आमा पुर्णकुमारी गुरुङ्गको सम्झनामा मृगौला पिडीत परिवारलाई आर्थिक सहयोग गरेका हुन ।
मृगौला पिडीत पर्वतको कुर्घा गाउँ बिकास समिति– २ को तिलोचन शर्माको परिवारलाई ३० हजार नगद सहयोग गरे । रकम हस्तान्तरण कार्यक्रममा साँसद अर्जुनप्रसाद जोशी र एकता युवाक्लबका सल्लाहकार बसन्तबहादुर सिकले पिडीतलाई रकम हस्तान्तरण गरेका थिए । आमाको सम्झनामा पिडीत परिवारले आर्थिक अभाबमा उपचार गर्न कठिन नहोस भनेर सहयोग गरेको गुरुङ्गले बताए । ‘मेरो आमाको आत्माले पनि शान्ति पाउनेछ’ उनले भने ‘आर्थिक अभाबमा उपचार गर्न नसकेको परिवारलाई थोरै भएपनि सहयोग पुगोस भन्ने अपेक्षा राखेको छु’गुरुङ्ग हाल बेलायतमा बस्दै आएका छन ।
एकता युवा क्लबका अध्यक्ष अच्युत तिवारीले पिडीत परिवारको घाउमा मल्हम लगाउन सहयोग संकलन अभियान जारी राख्ने जानकारी दिए ।
शर्माको परिवारका चार जना सदस्यको मृगौला फेल भएको छ। एक सन्तानको सोही कारणले ज्यान गैसकेको छ भने परिवारका अन्य सदस्यले प्रत्यारोपणका लागि मृृगौला दान गरेपछि यो परिवारका सबै सदस्यको एउटा मात्र मृगौला बाँकी छ । विगत एक दशकदेखि यस्तै समस्या भोग्दै आएका शर्माले आर्थिक सहयोग र आफन्तले दिएको ऋणले अहिले सम्म चार जनाको उपचार र बाँकी सदस्यको औषधी खर्च चलाउँदै आएको छ । ‘

गोलमान गुरुङ्ग

गोलमान गुरुङ्ग

जेठो छोरा प्रकाशको २०६३ सालमा २६ बर्षको उमेरमा मृगौलाकै कारण भारतको मुम्बईमा निधन भएको थियो । उनलाई मृगौला खराब भएको भन्ने जानकारी नभएपछि उपचारकै अभाबमा मृत्यु भयो । कान्छो छोरा दिपकको २३ बर्षको उमेरमा मृगौला प्रत्यारोपण गरिएको छ । उनलाई ठुलो दिदी शारदा शर्माले एउटा मृगौला दिएपछि प्रत्यारोपण गरिएको छ । माहिली छोरी श्यामलाको पनि दुबै मृगौला फेल भएपछि बाबु त्रिलोचनले एउटा मृगौला दिएका छन । गत फागुनदेखि श्रीमति प्रेमकुमारीको समेत दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले पोखरामा डायलासिस भैरहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’