नेपालमा ‘एलियनको यान’ देखा परेको अमेरिकी खुफिया एजेन्सीको रिपोर्ट

काठमाडौं ।Alian-Yan

अमेरिकी खुफिया एजेन्सी सीआईएले सन् १९६८ अप्रैलको एक रिपोर्ट मा समावेश ९ लाख ३० हजार दस्तावेजलाई हालै अनलाइनमार्फत सार्वजनिक गरेको छ । ती दस्तावेजहरुमा बताइएअनुसार त्यतिबेला नेपालमा यूएफओ (अनआईडेन्टिफाइड फ्लाइङ्ग अबजेक्ट्स) देखिएका थिए ।

जसलाई चलनचल्तीको भाषामा ‘एलियनको यान’ पनि भन्ने गरिन्छ । सीआईएको रिपोर्टअनुसार सन् १०६८ मा नेपालका उत्तरी र पूर्वी भागमा ‘एलियनको यान’ देखा परेको थियो । २५ मार्च १०६८ को राती नेपालको कास्की जिल्ला आसपासबाट आकाशमा एक चम्किलो बस्तु देखा परेको थियो । जसको लाइट छिनछिनमा चम्किने र हराउने गर्दथ्यो ।

‘एक ठूलो मेटालिक चम्किलो चीज पोखराभन्दा ४ माइल उत्तर–पूर्वी क्षेत्र बाल्टीचउरमा देखा परेको थियो,’ रिपोर्टमा लेखिएको छ, ‘त्यसको चौडाइ करिब ६ फिट र उचाइ ४ फिट थियो ।’ नेपालमा ‘एलियन यान’ देखिएको बेला रातको समयमा धेरै ठाउँमा उज्यालो देखिएको थियो ।

नेपालसहित भारत र भुटानमा पनि देखिएको थियो ‘एलियन यान’

सीआईए ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ को रिपोर्टमा सन् १९६८ मा जम्मु कश्मिरको लद्दाख, पश्चिमी नेपाल, उत्तरी सिक्किम र पश्चिमी भूटानको आकासमा ‘एलियन यान’ देखिएको थियो । रिपोर्टअनुसार ती यानहरुको उज्यालोका कारण कतिपय ठाउँमा पुरै उज्यालो भएको थियो ।

सिक्किम र नेपालमा तूफानको जस्तो आवाज

१९ फेब्रअरी १९६८ मा उत्तर पूर्वी नेपाल र पश्चिमी सिक्किमको आकाशमा ९ बजे रफ्तारसँग गइरहेको एक चम्किलो पदार्थ देखिएको थियो । उक्त पदार्थ नेपालको पोखरा तथा सिक्किमको के लाचुंग, लाचेन, थांगु, मुगुथांग तथा छोलामुमा देखिएको थियो । रिपार्टमा भनिएको छ, ‘त्यो पदार्थ यति चम्किलो थियो कि त्यसबेला केही ठाउँ पुरै उज्यालो भएको थियो ।’ सिक्किमको छोलामूमा उक्त पदार्थ देखा पर्दा तुफानी आवाज समेत आएको रिपोर्टमा उल्लेख छ ।

 

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’