प्रकाश र राजनले यसरी तताए कुस्मालाई हेरौ तस्बीरहरु सहित )

prakash saput 2पर्बत .अघिल्लो दिन पानी परेर निर्थुक्क भिजेको थियो पर्वतको कुस्मा र पर्वत महोत्सबस्थल । शनिबार बिहानै देखि पारिलो घाम लागेपछि हजारौ र्दशकले खचाखच भरिएको थियो महोत्सबस्थल ।
माघमा लागेको पारिलो घाममा भरिएका दर्शकलाई ख्यातीप्राप्त गायकहरु राजन ठकुरी र प्रकाश सपुतले छमछमी नचाए ।
लोकदोहोरी गायक राजन ठकुरीले ‘सिमसिम पानी रैछौ बेइमानी’ ‘एउटा चिठ्ठी लेख्न मन लाछ’ गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । उनको भर्खर बजारमा आउन लागेको कौडागीत ‘मनै छोयो बुट्टे चोलीले’ गीत गाएर दर्शकलाई नचाएका थिए ।parbat-mahoshab-darsak
अर्का कलाकार तथा सञ्चारकर्मी प्रकाश सपुतले माकुर माकुर घुर गाएर नचाए भने यस्तै छ कहानी परदेशीको गाएर प्रदेशमा श्रीमान पुगेका महिलाहरुलाई निक्कै भावुक पनि बनाए । पछिल्लो समय गायन सँगै मोडलिङबाट पनि आफुलाई स्थापित गराएका सपुतले ‘हेरेहरे नारायण’ा, ‘तोरि भएछ’, सनाईको पेपे, लगायतका गीत गाए । IMG_5175
महोत्सबमा सपुल र तुलसा जिसीले दोहोरी गाएर सबैभन्दा बढी दर्शकलाई नचाए । जिसीले ‘सुन्तलाले छेकिनी’ लगायतका गीतबाट स्टेज तताईन । अर्की कलाकार भूमिका गिरीले धेरै नाँच र गीतबाट दर्शकको मन जीतिन । गायकहर राजन गुरुङ्ग दिपक गदाल, राजेन्द्र सापकोटा लगायतले पनि मनोरञ्जन गराएका थिए ।

IMG_5193 (1)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग