पर्वत महोत्सवमा तेस्रो दिन ओइरिए दर्शक

parbat-mahoshab-darsak

पर्वत/पर्वत सदरमुकाम कुश्माबजारमा संचालित पाँचौ पश्चिमाञ्चल स्तरिय पर्वत महोत्सवमा दर्शकहरुको ओइरो लागेको छ । महोत्सव अबलोकन गर्नका लागि धौलागिरि अञ्चलका पर्वत, बागलुङ म्याग्दीका गाउँ गाउँदेखि र पोखराबाट समेत सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको छ ।
शुक्रवार दिनभर झरिले प्रभावित बनाएको महोत्सवमा शनिवार भने विदाको दिन पनि परेकाले दर्शकहरुको अत्याधिक भिड लागेको थियो । शनिवारमात्रै झण्डै २० हजार दर्शकले महोत्सव अबलोकन गरेको आयोजकको दावी रहेको छ । अनुकुल मौसम र बिदाको दिन परेकाले अपेक्षा गरेभन्दा पनि बढि टिकट विक्री भएको आयोजक पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिए ।
विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, रत्यौली प्रतियोगिता हेर्न र सुन्न तथा स्टलहरुमा सस्तो सामान किन्नका लागि सर्वसाधारणको भिड लागेको हो । स्टल व्यावासायिहरु पनि शनिवार सर्वसाधारणको उपस्थितिले उत्साहित बनेका छन् ।
गत विहीबारदेखि शुरु भएको महोत्सव माघ २२ गतेसम्म संचालन हुने भएको छ । शनिवार लोक गायक राजन ठकुरी, प्रकाश सपुत, राजन गुरुङ, राजन सापकोटा, तुलसा जिसी, भूमिका गिरी लगायतको प्रस्तुती रहेको थियो । त्यस्तै विभिन्न समुहहरुले रत्यौलि प्रतियोगिता अन्तर्गत आफ्ना प्रस्तुती राखेका थिए ।
झण्डै ५ करोडको कारोबार र दुई लाख दर्शक भित्र्याउने लक्ष्य राखेको आयोजकले शनिवारको माहौलले अपेक्षा अनुसारको सफलता पाउने विश्वास लिएको संघका उपाध्यक्ष केदारनाथ शर्माले जानकारी दिए । महोत्सवमा राखिएका रमाईलो मेलामा पनि उत्तिकै भिड देखिएको छ । भने लघु उद्यमीका सामानहरु राखिएका स्टल, लप्सी, मह, भुईस्याऊ, कृषि प्रदर्शनीमा पनि भिड बढेको छ ।
उता नेपाल टेलिकमले दर्शकहरुलाई निशुल्क सिमकार्ड वितरण गरेको छ । निशुल्क सिम कार्ड र ५० रुपैया बराबरको व्यालेन्स समेत हुने भएपनि सिमकार्ड लिनका लागि विहानैदेखि साँझसम्म भिड लाग्ने गरेको नेपाल टेलिकम पर्वतका निमित्त प्रमुख केशव भुसालले जानकारी दिए । उनले भने अहिलेसम्म झण्डै १ हजार भन्दा बढि सिमकार्ड वितरण भैसकेका छन् । सिमकार्ड लिनका लागि विद्यार्थी तथा बालबालिकाहरुको बढि सहभागिता हुने गरेको छ । त्यस्तै विभिन्न निजि बैंकहरुले निशुल्क खाता खोल्ने व्यवस्था समेत गरेका छन् । सदरमुकाममै रहेका शाखाहरुमा पुगेर खाता खोल्दा शुल्क लाग्ने तर महोत्सवमा शुल्क नलाग्ने भएपछि बैंकका स्टलहरुमा पनि ग्राहकको बाक्लो भिड लागेको बैंकहरुले बताएका छन् ।
महोत्सवमा अस्ट्रिच, चौरीगाई, उट, तथा प्याराग्लाईडिङ्ग र ¥याफ्टिङ्ग मुख्य आकर्षणका रुपमा रहेका छन् । तिनीहरुमा पनि दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको आर्थिक संयोजक गोपि अधिकारीले जानकारी दिए । सदरमुकाम कुश्माबजारमा व्यवस्थित सिटी हल निर्माण र खेलमैदान निर्माण गर्ने उद्धेश्यले संचालन गरिएको महोत्सवबाट झण्ढै एक करोड आम्दानी हुने अपेक्षा गरिएको छ ।
त्यस्तै शनिवारदेखिनै अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता समेत शुरु भएको छ । प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडिहरुले समुह दर्ता गराएका छन् ।
प्रत्येक तीन तीन वर्षमा गरिने महोत्सव विगतका भन्दा यसपटक बढि नाफामुलक बन्ने आयोजकले दावी गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना