कालीगण्डकी लोकमार्गमा पर्ने मोदीबेणीमा मोटरेबल पुल निर्माणमा स्थानियको अवरोध

16325894_985955641537669_1090777974_o

पर्वत/उत्तर—दक्षीण जोड्ने कालीगण्डकी लोक मार्गमा पर्ने मोदीखोलमा मोटरेवल पुलको निर्माण कार्यमा स्थानीयबासीले अवरोध गरेका छन् ।

पर्वतको सदरमुकाम कुस्माबजार नजिकै मोदीबेणीमा निर्माण हुन लागेको मोटरेबल पुलले मोदीबेणीधाम प्रभावित हुने भन्दै स्थानियले अबरोध गरेका हुन ।
मोदीबेणी दिब्यधाम बिकास समितिले पुल निर्माण गर्दा ऐतिहासिक तथा पौराणीककाल देखि रहेको मठ, मन्दिर,पाटीपौवा र बृद्धाश्रममा समेत क्षति पुग्ने भन्दै अबरोध गरेको छ । समितिले मोटरेवल पुल निमार्ण कार्यले पुरातात्विक संरचनाहरु ध्वस्त हुने र मोदीबेनी धामको अस्तीत्व समेत समाप्त हुने भन्दै निमार्ण कार्य अगाडी बढन दिएको छैन । । पुलको निमार्ण कार्य शुरु गरेपछी उनीहरुले उक्त स्थानबाट पुल निमार्ण गर्न नदिने भन्दै प्रस्तावित नक्साङकन भएको ठाउँबाट करिब २ मिटर पुर्व मल्याङदी खोला नजिक निर्माण गर्न भौतिक योजना मन्त्रालयमा निवेदन दिएको छ। उक्त ठाउँमा पुल निर्माण सम्पन्न भए लोक मार्गले छोएका तथा नजिक पर्ने दर्जनौँ जिल्लाका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित हुनेछन । अहिले कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास—कुश्मा सडक खण्डको ट्रयाक खोल्ने काम भईरहेको छ ।
कुस्माबजारलाई दक्षिण क्षेत्रसंग जोड्ने पुल ३ करोड ५० लाख लागतमा सम्पन्न हुनेछ। दुई बर्षमा सम्पन्न गर्ने लक्ष्य सहित निर्माण थालिएको पुलको लम्बाइ १ सय ४० मिटर र चौडाइ आठ मिटर रहने छ । 16357305_1230625770348451_1097556044_o
अहिँले बन्न लागेको स्थानमा मोटरेवल पुलले मोदीबेनी धाममा केहीँ असर नगर्ने र विकास निर्माणमा समेत राजनैतिक खिचातानी गर्ने परिपाटीका कारण स्थानियले अबरोध गरेको पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले बताउनुभयो । उहाँले निकै कष्टपुर्ण तवरबाट पुल निमार्णको लागी बजेट बिनियोजन गरिएको र राष्ट्रिय गौरवको आयोजनामा स्थानियले यसो गर्नु निकै दुःख पुर्ण कार्य भएको बताउनुभयो । मन्त्रालयबाट अब फेरि छिट्टै नै डिजाइन परिवर्तनको अनुमति स्वीकृत लिई स्वीकृत भएपछि पुलको निर्माण कार्य अगाडि बढाउने तयारी भएको साँसद लम्सालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए