मोडल तथा नायिकालाई यौनशोषण गर्ने गायकलाई सजाय

काठमाडौं ।सर्वोच्च अदालतले गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाय सुनाएको छ । सेक्स स्क्यान्डलमा पुनरावेदन अदालतको फैसला उल्टाउँदै सर्वोच्चले उनलाई दोषी ठहर गरेको हो ।सर्वोच्चको फैसलालगत्तै प्रहरीले उनलाई पक्राउ गरी केन्द्रीय कारागार सुन्धारा चलान गरेको छ । ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो । prakash-ojhaपुनरावेदन अदालत विराटनगरले भने उनलाई दोषी ठहर गरेको थिएन । सर्वोच्चले पुनरावेदनको फैसला माघ पहिलो साता नै उल्ट्याएको भएपनि यो फैसलालाई सार्वजनिक भने गरिएको थिएन ।

चर्चित गायक तथा हास्य कलाकार ओझा जेसिका ९ज्योति० खड्कामाथिको यौनकाण्डका दोषी हुन् । ज्योतिले झण्डै दुई वर्षअघि आत्महत्या गरेकी थिइन् । उनले ज्योतिलाई नायिका बनाउने प्रलोभन देखाएर शारीरिक सम्वन्ध राखेपछि त्यसको तस्वीर तथा भिडियो बनाएर सार्वजनिक गरेका थिए ।

यति मात्र होइन, उनल डरत्रास देखाएर तीन बालबालिकासँग अनैचिक सम्वन्ध राखेका थिए र अश्लिल तस्वीर तथा भिडियो खिचेका थिए ।

त्यही तस्वीर र भिडियो देखाएर उनले पटक पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको र तस्वीरहरु वेबसाइटमा राखेर बेच्ने प्रयास गरेको सर्वोच्चको ठहर छ ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’