भारतले दशगजा मिचेर सडक निर्माण थाल्यो

भारतले दशगजा मिचेर सडक निर्माण थाल्यो

१५ माघ ।

भारतीय पक्षले दशगजा मिचेर सडक विस्तार सुरु गरेको छ । मटिहानी मधवापुर छोटी भन्सार कार्यालयनजिकै दशगजा क्षेत्रमा बुधबार साँझ भारतीय पक्षले सडक ढलानका लागि पिसिसी गरेको छ । गत महिना मात्र सोही स्थानमा भारतीयले सडक विस्तार गर्न लाग्दा स्थानीय नेपालीले विरोध गरेका थिए । स्थानीयको विरोधपछि दुवै देशका सुरक्षा निकाय बसेर सो स्थानमा सडक विस्तार नगर्ने प्रतिवद्धता जनाएका थिए ।

तर, बुधबार साँझ सयौं भारतीय जम्मा भई सडक ढलान गरेका थिए । सोही स्थानमा पहिले पनि भारतीयले सडक निर्माण प्रयास गरेपछि झडपको अवस्था आएको थियो । भारतीय सुरक्षा निकायले तत्काललाई सडक विस्तारको कार्य रोकेपछि नेपाली फर्किएका थिए । यसपटक भारतमा गणतन्त्र दिवस मनाउन लागेको बहानामा सडक विस्तार गरिएको हो ।यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।

पछि हटे नेपाली सुरक्षाकर्मी

महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले दशगजा मिचेर सडक बनाएको खबर पाउनासाथ सुरक्षा निकायलाई सीमामा पठाइएको बताए । तर, वस्था तनावग्रस्त देखिएपछि तत्काल नेपाली सुरक्षाकर्म पछि हटेको उनको भनाई छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’