मेक्सिकोको सीमामा पर्खाल ट्रम्पको योजना, अबैध बाटोबाट अमेरिका छिर्ने नेपाली प्रभावित हुने

donald-trump-5822bda096a582-26312464एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सय दिने कार्ययोजनामा सामेल भएका एजेण्डाहरुलाई एकपछि अर्को गर्दै लागु गर्ने तयारी गरेका छन्।

ओबामाकेयर, टीपीपीजस्ता ओबामा प्रशासनका महत्वपूर्ण कदम निश्कृय पारेका ट्रम्पले आफ्नो पूर्वयोजना अनुसार नै मेक्सिकोसँगको सीमा क्षेत्रमा पनि पर्खाल निर्माण गर्नेसहितका केही निर्णयमा हस्ताक्षर गर्ने तयारी गरेका छन्।

उनले महत्वपूर्ण दिनको योजना रहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाका लागि केही कदम चाल्न लागेको संकेत गरेका छन्। उनले आगामी केहीदिनभित्रै राष्ट्रिय सुरक्षा तथा आप्रवासीका विषयमा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्ने तयारी गरेका हुन्।

उनको योजनामा मेक्सिकोको सीमामा पर्खाल लगाउने देखि मध्यपूर्व र अफ्रिकाका केही देशबाट आउने आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने विषय समावेश रहेको बताइएको छ।

उनले राष्ट्रपतिको निर्वाचनको प्रचारका क्रममा मेक्सिकोसँगको सीमा क्षेत्रमा २ हजार माइलको पर्खाल लगाउने घोषणा गरेका थिए।

करिब ८ बिलियन डलर बराबरको खर्च मेक्सिकोले बेहोर्ने उनले बताएका थिए। तर मेक्सिकोका राष्ट्रपति एनरिक पेना नेइटो र वरिष्ठ अधिकारीहरुले त्यसलाई ‘हावादारी’ कुराको संज्ञा दिँदै मेक्सिकोले पैसा नतिर्ने स्पष्ट पारेका थिए।

उनले यसै साताको अन्त्यसम्ममा ७ वटा अफ्रिक र मध्यपूर्वक देशहरुबाट आउने आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेशमा हस्ताक्षर गर्नेछन्। जसमा इराक, सिरिया र यमन समेत रहेका छन्। यो समाचार आजको राजधानी दैनिकले छापेको छ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना