अस्थायी शिक्षकका लागि विज्ञापन गर्ने तयारीे : यस्तो छ कार्ययोजना

asthai_1 शिक्षा मन्त्रालयले अस्थायी शिक्षक व्यवस्थापन प्रकृया तत्काल सुरु गर्ने तयारी गरेको छ । अस्थायी शिक्षक आन्दोलन समितिले संशोधित ऐन अनुसार नै व्यवस्थापन हुन तयार रहेको निर्णय गरेसँगै मन्त्रालय पनि यस प्रकृयालाई छिटो टुंग्याउन लागि परेको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले अस्थायी शिक्षकको पछिल्लो निर्णय स्वागतयोग्य भएको भन्दै अब तत्काल अस्थायी शिक्षक व्यवस्थापन प्रकृया सुरु गरिने जानकारी दिए । अस्थायी शिक्षकहरुसँग वार्ता जारी नै रहेको र यस विषयमा अस्थायी शिक्षक एवं शिक्षक महासंघसँग संवाद चलिरहेको समेत डा. लम्सालले बताए ।
संशोधित ऐन नमान्दा वार्ता निस्कर्षमा पुग्न नसकिरहेको बेला अस्थायी शिक्षकहरुले नयाँ निर्णय गरेर वार्तालाई सहज बनाइदिएका उनको भनाई थियो । पहिले पनि आन्दोलन गरिरहँदा अस्थायी शिक्षक व्यवस्थापन हुन नसकेको भन्दै फेरी पनि आन्दोलनमै लागे अस्थायी शिक्षकका लागि वर्तमान ऐनले दिएको सुविधा पनि कार्यान्वयन हुन नसक्ने उनको भनाई थियो ।
शिक्षा मन्त्रालयले अस्थायी शिक्षक व्यवस्थापनका लागि नयाँ कार्ययोजना बनाएर व्यवस्थापन प्रकृया सुरु गरिसकेको छ । मन्त्रालयले पहिलो चरण अन्तर्गत अस्थायी शिक्षकहरुको दरवन्दी विवरण संकलन गर्ने, त्यसपछि उनीहरुलाई परीक्षा दिने या सुविधा रोज्ने भनेर एउटा फारम भर्न लगाउने काम करिब सम्पन्न गरिसकेको छ । अस्थायी शिक्षकहरुको लागि विज्ञापन गर्ने अन्तिम तयारीमा मन्त्रालय जुटेको हो ।
चार समुहमा विज्ञापन
पहिलो विज्ञापन
२० पुस २०४९ भन्दा अघि अस्थायी नियुक्त भई अहिलेसम्म नियमित रूपमा सेवा गरिरहेका शिक्षककाको संख्याका आधारमा आन्तरिक विज्ञापन हुने भएको छ । उनीहरुको संख्या पत्ता लगाएपछि उनीहरुको टाउको गनेर त्यहि संख्यामा विज्ञापन खुलाउने मन्त्रालयले तयारी गरेको छ । यि विज्ञापनमा प्रतिष्पर्धा गर्ने हरेक शिक्षक उत्तीर्ण अंक ४० ल्याए उनीहरु स्वतः स्थायी हुनेछन् ।
दोस्रो विज्ञापन
२० पुस २०४९ देखि २१ साउन ०६१ सम्म रिक्त भई पदपूर्ति हुन नसकेको दरबन्दीको लियन पदमा सोही मितिसम्म अस्थायी शिक्षकका रूपमा नियुक्त वा आधारभूत तह तथा प्राथमिक शिक्षा परियोजनाअन्तर्गत नियुक्त भई नियमित रूपमा कार्यरत शिक्षकका लागि आन्तरिक विज्ञापन गर्ने तयारी भएको छ । यो विज्ञापनमा भने रोजाइ फारमको माटामोटी आकडा अनुसार विज्ञापन गरिने छ । यो विज्ञापनमा पनि उत्तीर्ण अंक ४० ल्याउने शिक्षक स्थायी हुनेछन् ।
तेस्रो विज्ञापन
२२ साउन २०६१ पछि २ असोज २०७२ सम्मको रिक्त पदको ४९ प्रतिशत पदमा त्यस्तो दरबन्दी वा सो दरबन्दीको लियन पदमा अस्थायी वा सट्टा शिक्षकका रूपमा निरन्तर कार्यरत अस्थायी शिक्षकका लागि आन्तरिक विज्ञापन गर्ने तयारी भएको छ । यसमा भने ४० अंक ल्याएर मात्रै पुग्दैन अन्यसँग प्रतिष्पर्धा गर्नपर्ने मन्त्रालयले जनाएको छ ।

चौथो विज्ञापन
२२ साउन २०६१ पछि संविधान जारी हुनुभन्दा अघिल्लो दिन २ असोज ०७२ सम्मको रिक्त पदको ५१ प्रतिशत पदमा खुला विज्ञापन गर्ने तयारी गरेको छ । यसैगरी, २० पुस २०४९ भन्दा अघि अस्थायी नियुक्त भई अहिलेसम्म नियमित रूपमा सेवा गरिरहेका शिक्षकका लागि गरेको आन्तरिक विज्ञापन, २० पुस २०४९ देखि २१ साउन ०६१ सम्म रिक्त भई पदपूर्ति हुन नसकेको दरबन्दीको लियन पदमा सोही मितिसम्म अस्थायी शिक्षकका रूपमा नियुक्तिका लागि गरेको विज्ञापन तथा २२ साउन २०६१ पछि २ असोज २०७२ सम्मको रिक्त पदको ४९ प्रतिशत पदमा हुने विज्ञापनमा भाग नलिई सुविधा लिएर अवकाश लिएका शिक्षकको दरबन्दीमा समेत खुला विज्ञापन हुने भएको छ ।
सुविधा लिएपनि परीक्षा दिन पाउने
विज्ञापनमा भाग नलिई सुविधा लिएर अवकाश लिएका शिक्षकको दरबन्दीमा समेत खुला विज्ञापन हुने भएको छ । शत प्रतिशत आन्तरीक परीक्षामा सहभागि नभई सुविधा लिने शिक्षकले पनि ५१ प्रतिशतको खुला विज्ञापनमा प्रतिष्पर्धा गर्न पाउने मन्त्रालयले जनाएको छ ।

परीक्षा नदिई सुविधा लिनेले के पाउँछन्
आन्तरिक परीक्षामा सहभागी नभई सुविधा लिन चाहने शिक्षकहरुकालागि ऐनले निम्न लिखीत सुविधाहरु तेकेकोे छ । उनीहरुले,पाँचदेखि १० वर्ष सेवा गरेका भए काम गरेको प्रत्येक वर्षको अन्तिम महिनाको आधा महिनाको तलबबराबर हुन आउने रकम दिने व्यवस्था छ । त्यसैगरी, १० देखि १५ वर्षसम्म सेवा गरेका शिक्षकका लागि उसले काम गरेको प्रत्येक वर्षको अन्तिम एक महिनाबराबर हुन आउने रकम र १५ वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको आखिरी डेढ महिनाको तलबबराबर हुन आउने रकम दिने व्यवस्था गरिएको छ ।एजुकेसन पाटीबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग