छड्के गरेर भएपनि जनतालाई सेवा दिन प्रधानमन्त्रीको निर्देशन

prachanda

पर्वत,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी कार्यालय र कर्मचारीहरुको छड्के जाँच गरेर भए पनि जनतालाई राम्रो सेवा दिन पर्वत जिल्लास्थित सरकारी कार्यालयका प्रमूखहरुलाई निर्देशन दिनुभएको छ ।
जिल्ला सदरमुकाम कुश्मा सरकारी कार्यालयका प्रमूखहरुलाई प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो । प्रधानमन्त्री भन्नुभयो, ‘हुने र मिल्ने काममा पनि सरकारी कर्मचारीले जनतालाई दुःख दिने गरेको गुनासा आएका छन् । जनताको सेवालाई केन्द्रमा राखेर काम गर्नुस् । प्रमूख जिल्ला अधिकारी यहीँ हुनुहुन्छ, सरकारी कार्यालय र कर्मचारीको छड्के जाँच गरेर भएपनि जनतालाई राम्रो सेवा दिनुहोस् ।’
कार्यालय प्रमूखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले थप्नुभयो, ‘पूँजीगत खर्च बढाउने सरकारको लक्ष्य छ । त्यसमा तपाईहरुले विशेष रुपमा ध्यान दिनुहोस् । जिल्लास्थित विकास आयोजनाहरुको निरन्तर निरीक्षण र अनुगमन गरेर नजितामूखी काम गर्नुस् । सरकारी बजेट अनावश्यक शीर्षकमा खर्च हुने गरेको बेथिति रोक्नुस् र सुशाासनको प्रत्याभूति गराउनुस् । पर्वत जिल्ला पनि भूकम्प प्रभावित जिल्ला हो, पूनर्निर्माणको कामलाई प्राथमिकता दिनुस् र मोडेल जिल्ला बनाउनुस् ।’
सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘निर्वाचन नगरी संविधान कार्यान्वयन हुँदैन । सरकार स्थानीय तहको निर्वाचनको तयारीमा छ । तपाईहरुले त्यसको राम्रो तयारी गर्नुस् । अब देश निर्वाचनको दिशामा अघि बढ्छ ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए