प्रधानमन्त्री भने– चुनाब हुँदा पार्टी हारेपनि देशले जित्छ

pm prachanda
पर्वत /प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आफ्नो पार्टीले स्थानिय चुनाब हार्दा पनि देशले जित्ने भएकाले चुनाबमा तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन।
पाँचौ पर्वत महोत्सबको उद्घाटनका लागि पर्वत आएका प्रधानमन्त्री दहालले नेकपा माओबादी केन्द्रले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै चुनाबको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन ।
‘निर्वाचन हुँदा पार्टीले जित्न पनि सक्छ, हार हुन पनि सक्छ’ उनले भने ‘तर निर्वाचनमा जाँदा सिंगो देशले जित्छ’ हामीले आफ्नो पार्टीले हार्न सक्छ भने पनि चुनाब गर्दा देशलाई जिताउनका लागि सबै शक्ति चुनाबमा लगाएको उनले स्पष्ट पारे । उनले बैषाख अन्तिममा चुनाब गर्ने गरि मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी पनि दिए ।
चुनाबमा आफ्नो पार्टीले नै जित्ने गरि योजना बनाउन निर्देशन दिदै उनले भने ‘चुनाब जसरी पनि जित्नुपर्छ, तपाईहरु लाग्नु भयो भने चुनाब जित्न कठिन छैन’ उनले अब सरकारले हरेक गाउँपालिका र नगरपालिकामा ठुलो बजेट पठाउन थालेको जानकराी दिदै त्यसको सही सदुपयोग गरेमा आफ्नो पार्टीले चुनाब जित्ने आधार बन्ने दाबी पनि गरे ।
प्रधानमन्त्री प्रचण्डले पर्वत महोत्सको उद्घाटन गर्दै आउने माघ ७ सम्म तीन तहको निर्वाचन सम्पन्न गर्न नसकेमा देशमा राजनैतिक संकट आउन सक्ने खतरा रहेको चेतावनी दिए । ‘यो संबिधान कार्यान्वयन गर्ने कुरामा समझदारी कायम गर्न सकेनौ भने र तीनै तहको निर्वाचन गर्न नसक्दा देशमा राजनैतिक संकट आउने निश्चिच छ’ उनले भने‘ राजनैतिक सहमतिका लागि सबै पक्षलाई समेटेर जाने पक्षमा छु ’ । तोकिएको समयमा निर्वाचन गराउन र सबै क्षेत्र र दललाई संबिधानको सर्वस्विकार्य बनाएर निर्वाचनको वातावरण बनाउन आवश्यक भएको पनि उनको भनाई छ ।
केही दिन स्थानिय तहको निर्वाचनको घोषणाको तयारीमा सरकार छ । त्यसका लागि बिधेयकहरु पारित गर्ने गरी समिति र राजनैतिक दलका बिचमा समझदारी बनाइएको भनाई उनको छ । उनले सम्पन्न नहुने निर्वाचको निर्वाचनको मिति घोषणा गर्नुको अर्थ छैन भन्दै घोषणा भएको निर्वाचन जसरी पनि हुनैपर्छ भन्ने कुरामा पनि जोड दिए । ‘निर्वाचनमा जान मधेश र थारुलाई बिश्वासमा लिएर जान आवश्यक छ ’ उनले भने ‘ उनीहरुको माग केही होइन भनेर जाँदा त्यसले देशमा बिखण्डन लगायतका खतरा रहेका छन।’
महोत्सब उद्घाटन कार्यक्रममा साँसदहरु अर्जुनप्रसाद जोशी, बिकास लम्साल र कल्पना चापागाई, जिल्लाका राजनैतिक दलका प्रमुख, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, कुस्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंह गुरुङ्ग, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
समाप्त माघ १३

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई