पाँचौ पर्वत महोत्सब आज देखि शुरु, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

mahotsav parbat (2)
पर्वत /पर्वतको सदरमुकाम कुस्माबजारमा बिहीबार देखि पाँचौ पर्वत महोत्सब शुरु भएको छ ।
पर्वतको पर्यटन क्षेत्रमा बिकास र ब्यबसाय प्रर्बद्धन गर्न आयोजना गरिएको महोत्सबको प्रधानमन्त्री पुष्पकमल दाहालले उद३घाटन गरे ।
माघ १३ देखि २२ सम्म आयोजना गरिएको महोत्सबको उद्घाटन गर्दै प्रधानमन्त्री दहालले आर्थिक सम्बृद्धि बिना कुनै पनि देशका नागरिक स्वाभिमान बन्न नसक्ने भएकाले आर्थिक उपार्जनका लागि लाग्न आग्रह गरेका छन । ‘देश धनी नभए सम्म ब्यक्ति धनि भएर मात्रै पनि केही हुँदैन’ उनले भने ‘सबै मिलेर देशलाई सम्बृद्ध बनाउने तर्फ लागौ’ देशलाई आर्थिक रुपमा सम्बृद्ध बनाउन राजनैतिक स्थिरता आवश्यक पर्ने भएकाले त्यसका लागि सबैदलहरु एक ठाउँमा उभिनुको बिकल्प पनि नभएको उनको भनाई थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गौरबका योजनाहरु सम्पन्न गर्न आफुँले पहिलो प्राथमिकता रहने बताए । उनले कालीगण्डकी प्रसारण करिडोरको काम सम्पन्न गर्न, उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर लोकमार्ग सम्पन्न गर्नका लागि आफ्नो ठाउँबाट सहयोग गर्ने बताए । यसैगरी पर्वत जिल्लाको बिकास निर्माणको मेरुदण्ड मानिएको कुस्मा–फलेवास–मिर्मी सडक कालोपत्रे गर्नका लागि आवश्यक बजेट बिनियोजन गराउन तत्कालै निर्देशन पनि दिने उनले आश्वासन दिए । कुस्मामा सभाहल निर्माणका लागि पनि प्रकृया शुरु गर्न निर्देशन दिने जानकारी गराए । उनले देशको बिकास र सम्बृद्धिका लागि जस्तोसुकै रिक्स उठाउन पनि तयार भएको बतए ।
पर्वत महोत्सवमा यस बर्ष अघिल्ला महोत्सब भन्दा केही पृथक आकर्षणहरु पनि थपिने भएका छन । महोत्सबमा हिमाल, पहाड र तराईलाई झल्काउने गरि चौरीगाई, र उँट साथै बिश्वकै सबैभन्दा ठुलो पंक्षी अस्ट्रीज पनि प्रर्दशनीमा राखिने भएको छ । महोत्सब अवधीभर कालीगण्डकीमा जलयात्रा गराउने तथा दुर्लुङ्गको डाडाँबाट प्याराग्लाईडिङ्ग गराइने महासचिब ठाकुर बि पौडेलले बताए । उनका अनुसार माटाको भाँडा र काठका ठेकी स्टलमा नै बनाउँदै पुरानो प्रबृधिको जानकारी दिइने छ भने बाँसका सामाग्री बुन्ने काम पनि स्टलमा नै हुनेछ। यसका साथै पर्वत जिल्लाका लोपोन्मुख सस्कृति पनि प्रर्दशन गर्ने कार्यक्रम रहेको छ। यसबाहेका कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पराम्परागत प्रविधि, प्रदर्शनी, स्थानिय परिकारहरुको प्रर्दशनी पनि गरिनेछ । स्थानिय लघु घरेलु उद्यमबाट उत्पादित सामाग्रीहरु पनि बिक्री तथा प्रर्दशनमा राखिने आयोजक समितिले जानकारी दिएको छ।

16244404_1264296913625414_1625530085_nमहोत्सबमा ३० लाखको टिकट बिक्री हुने र अन्य सहयोग गरि १ करोड आम्दानी हुने अनुमान आयोजकको छ । महोत्सबमा कलाकार र अन्य सबै खर्च गरि ३० लाख खर्च हुने भएकाले ७० लाख सम्म बचत गर्ने अनुमान आयोजक समितिको छ । तर महोत्सबहरुमा सोचे अनुसार कम आम्दानी हुने र खर्च बढी हुँदा बचत रकम न्युन हुँने परम्परा रहि आएको छ । यस पटक खर्चलाई कम गर्ने र बचतलाई बढाउनका लागि मितब्ययी तथा पारदर्शी रुपमा काम भैरहेको उपाध्यक्ष केदारनाथ शर्माले बताए । महोत्सबबाट बचेको रकम कुस्मामा सुबिधा सम्पन्न सिटीहल र बड्गाउँमा खेलमैदान निर्माणमा खर्च गर्ने लक्ष्य राखिएको शर्माले बताए ।
समाप्त माघ १३

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई