लोडसेडिङ्ग मुक्त जिल्लामा प्रधानमन्त्री बोल्दै गर्दा बिद्युत गएपछि………….

16326957_984864351646798_1201145573_oपर्वत /पर्वत जिल्ला लगायत धौलागिरी अञ्चल नै लोडसेडिङ्ग मुक्त घोषणा गरेको छ
तर बिहीबार भने लोडसेडिङ्गमुक्त पर्वत जिल्लामा प्रधानमन्त्रीले बोल्दै गर्दा नै बिद्युत आपुर्ति बन्द हुन पुग्यो ।
पाँचौ पर्वत महोत्सबको उद्घाटन मन्तब्य ब्यक्त गरिरहँदा अकस्मात बिद्युत आपुर्ति बन्द भएको हो ।
बिद्युत आपुर्ति पनि त्यतिबेला बन्द भयो जतिबेला प्रधानमन्त्रीले पर्वत र धौलागिरीलाई बिद्युृतको हव भएको भन्दै प्रशंसा गरिरहेका थिए । उनले कालीगण्डकी प्रसारण करिडोरको काम भैरहेको र यस क्षेत्रमा ठुला जलबिद्युत आयोजना बनिरहेको बताइरहेका थिए । केही बेर बिद्युत आउने प्रतिक्षामा उभिएरै बसेका प्रधानमन्त्री बिद्युत नआएपछि सोफामा बस्न पुगे । करिब ७ मिनेट पछि जेनेरेटरबाट बिद्युत आपुर्ति गरिएपछि प्रधानमन्त्रीले मन्तब्य सुचारु गरेका थिए । बिद्युत सुचारु नहुँदा आयोजक र सुरक्षाकर्मीका बिचमा दौडादौड नै चलेको थियो।
नेपाल बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्रका प्रमुख बिजयराज रेग्मीले केन्द्रिय तहबाट नै सिस्टम आउट भएकाले बिद्युत आपुर्ति बन्द हुन पुगेको बताए । अबरुद्ध बिधुत सेवा भने प्रधानमन्त्री काठमाण्डौ फर्केपछि अबरुद्ध भएको १ घण्टा समय बितेपछि सुचारु भएको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग