पर्वत महोत्सब उद्घाटनमा आउने प्रधानमन्त्रीलाई वाइसिएलको सुरक्षा घेरा

yclपर्वत, पाँचौ पर्वत महोत्सब उद्घटानका लागि आज पर्वत आउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा वाइसिएलले गर्ने भएको छ । नेकपा माओबादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको स्वागत र सुरक्षार्थ वाइसिएल पर्वतले आफ्नो युवा शक्ति परिचालन गर्ने भएको हो । प्रधानमन्त्रीको सुरक्षाको लागि वाइसिएल पर्वतले आफ्नो युवा शक्ति परिचालन गर्न लागेको जनाएको छ । प्रधानमन्त्री हेलिकप्टर मार्फत बडागाउँमा रहेको शसस्त्र क्याम्पमा अबतर गर्ने भएपछि वाइसिएलले आफ्नो युवा शक्ति सोही स्थानदेखि महोत्सव स्थलसम्म झण्डै एक किलोमिटर आफ्नो युवा शक्तिलाई रोतो पोशाकमा सडकमा उतार्ने जनाएको छ । पार्टी अध्यक्षको सुरक्षाको लागि पहिलो घेरामा सुरक्षाकर्मी र दोस्रो घेरामा वाइसिएल युवा शक्ति रातो पोशाकमा तैनाथ हुने माओवादी स्रोतले जनाएको छ पाँचौ पर्वत महोत्सव र प्रधानमन्त्रीको सुरक्षाका लागि पर्वतमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । चोकचोकमा प्रहरी, शसस्त्र प्रहरी, आर्मीलाई सुरक्षार्थ चोकचोकमा राखिएको छ । प्रधानमन्त्रीको सुरक्षालाई मध्यनजरगर्दै जिल्लाभरी सुरक्षाकर्मी तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद मरासिनीले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

देशभर मौसम बदली, वर्षाको सम्भावना

बन्दीपुरकाे केबलकारभित्रै खान-सुत्न पाइने, तीन अर्ब लागतमा बन्दैछ केबलकार, रेस्ट्रोकार र तारे होटल

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

वैदेशिक रोजगारले बढायो सम्बन्धविच्छेद,-पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उकालो लाग्दो

कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण