माओवादी केन्द्रका चार पोलिट्ब्युरो सदस्यसहित ७० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

perisdadaकाठमाण्डु– नेकपा माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले एकैसाथ सामूहिक राजीनामा दिएका छन् ।

सिन्धुपाल्चोकका चार पोलिट्ब्युरो सदस्यसहित ७० जनाले मंगलबार चौतारास्थित सहिद स्मृति हलमा आयोजित एकता जिल्ला भेलामार्फत पार्टी नेतृत्वसमक्ष राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा पोलिट्ब्युरो सदस्यहरु कृष्णप्रसाद सापकोटा, केशव नेपाल, दावा तामाङ, माधव सापकोटा छन् ।

यस्तै राजीनामा दिने अन्यमा युवा नेताहरु युवराज दुलाल, सरल साहयात्री पौडेल, झंक पराजुली, देवकुमारी नेपाल, राजकुमार श्रेष्ठ, चन्द्रबहादुर थापा, प्रेम सापकोटा, नेत्र दंगाल, अमानसिंह तामाङ, दिलबहादुर रायमाझी, अमृता नेपाल, अम्बिका नेपाल र कल्पना न्यौपानेलगायत छन् ।

माओवादीभित्र प्रभावशाली मानिले युवा नेता युवराज दुलालले केन्द्रीय आयोजक समितिको संख्या अनावश्यक ठूलो भएकाले चुस्त संगठन निर्माणका लागि नेतृत्वलाई सकारात्मक दबाब दिन एकमतले राजीनामा घोषणा गरिएको बताए ।

‘एकातिर पार्टी केन्द्रीय सदस्यका हैसियतमा कसैले जिम्मेवारी नपाउने र अर्कोतिर पार्टी अनावश्यक भद्धा भयो’, दुलालले भने, ‘हामीले पार्टी नेतृत्वलाई असहयोग गर्ने मनसायले नभई सहयोग गर्ने र संगठनलाई चुस्त बनाउन ध्यानाकर्षण होस् भन्नका लागि यो निर्णय लिएका हौं ।’

उनले आफूहरुसहित युवा नेताले लामो समयदेखि पार्टी संगठन व्यवस्थित, चुस्त र आजको समयअनुसार मुलुकको नेतृत्व गर्न सक्ले पार्टी निर्माणका लागि अभियान चलाउँदै आएको र सोही अभियानकै निरन्तरतामा राजीनामा दिइएको बताए । ७० नेताले एकैसाथ राजीनामा घोषणा गर्दा जिल्लाभरबाट आएक पाँच सय भेलाका सहभागीले खुसी हुँदै पाँच मिनेटसम्म ताली बजाएर निर्णयको स्वागत गरेको दुलालले जनाए ।

उनले राजीनामाबारे तीन नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमार्फत मंगलबारै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मौखिक जानकारी गराइसकिएको उल्लेख गरे । उनका अनुसार जिल्ला भेला सकिएपछि केही दिनमा काठमाण्डु आएर प्रचण्डलाई लिखित राजीनामा बुझाउने तयारी छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)