पर्वत महोत्सब उद्घाटनमा आउने प्रधानमन्त्रीलाई वाइसिएलको सुरक्षा घेरा

 

yclपर्वत, पाँचौ पर्वत महोत्सब उद्घटानका लागि आज पर्वत आउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा वाइसिएलले गर्ने भएको छ । नेकपा माओबादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको स्वागत र सुरक्षार्थ वाइसिएल पर्वतले आफ्नो युवा शक्ति परिचालन गर्ने भएको हो ।
प्रधानमन्त्रीको सुरक्षाको लागि वाइसिएल पर्वतले आफ्नो युवा शक्ति परिचालन गर्न लागेको जनाएको छ । प्रधानमन्त्री हेलिकप्टर मार्फत बडागाउँमा रहेको शसस्त्र क्याम्पमा अबतर गर्ने भएपछि वाइसिएलले आफ्नो युवा शक्ति सोही स्थानदेखि महोत्सव स्थलसम्म झण्डै एक किलोमिटर आफ्नो युवा शक्तिलाई रोतो पोशाकमा सडकमा उतार्ने जनाएको छ । पार्टी अध्यक्षको सुरक्षाको लागि पहिलो घेरामा सुरक्षाकर्मी र दोस्रो घेरामा वाइसिएल युवा शक्ति रातो पोशाकमा तैनाथ हुने माओवादी स्रोतले जनाएको छ

पाँचौ पर्वत महोत्सव र प्रधानमन्त्रीको सुरक्षाका लागि पर्वतमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । चोकचोकमा प्रहरी, शसस्त्र प्रहरी, आर्मीलाई सुरक्षार्थ चोकचोकमा राखिएको छ । प्रधानमन्त्रीको सुरक्षालाई मध्यनजरगर्दै जिल्लाभरी सुरक्षाकर्मी तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद मरासिनीले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’