‘विप्लव’ माओवादीको चन्दा आतंक, निशानामा एजुकेशन कन्सलटेन्सी

काठमाडौं । राष्ट्र र जनताको मुक्तिका लागि भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेर हिंसात्मक कृयाकलाप गरि राज्यलाई दबाब दिंदै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले चन्दा आतंक शुरु गरेको छ ।

आगामी फागुन १ गते खुल्लामञ्चमा आठौं राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने नाममा नेत्रविक्रम चन्द विप्लवले आर्थिक सहयोगको नाममा आफै हस्ताक्षर गरी विभिन्न संघ संस्थाहरुमा चन्दा आतंक मच्चाएका छन् । आजको यूनाइटेड पोस्ट साप्ताहिकमा समाचार छ ।

उक्त सम्मेलनमा आर्थिक, नैतिक, भौतिक सहयोग र सहभागिताको आवश्यकतालाई पार्टीले उच्च रुपमा लिएको भन्दै विभिन्न संघ संस्थाहरुमा पत्र पठाई विप्लवले मनपरी ढंगले चन्दा आतंक मच्चाएका हुन् ।

नेपाल शैक्षिक परामर्श संघ९इक्यान० पनि पत्र पठाई विप्लवले सहयोगको नाममा लाखौं रुपैयाँ माग गरेको स्रोतले बतायो । माओवादीले तीन सय भन्दा बढि कन्सलटेन्सीहरुको छाता संस्था इक्यान र इक्यान कै सदस्यता लिएका संस्थाहरुमा छुट्टा छुट्टै पत्र पठाई चन्दा आतंक मच्चाएको छ ।

मनपरी ढंगले पत्र पठाएर व्यवसायीहरुमाथि चन्दाको नाममा आतंक सृजना गरेमा बाध्य भएर इक्यान आन्दोलनमा उत्रने इक्यानका एक सदस्यले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

देशभर मौसम बदली, वर्षाको सम्भावना

बन्दीपुरकाे केबलकारभित्रै खान-सुत्न पाइने, तीन अर्ब लागतमा बन्दैछ केबलकार, रेस्ट्रोकार र तारे होटल

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

वैदेशिक रोजगारले बढायो सम्बन्धविच्छेद,-पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उकालो लाग्दो

कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण