केन्द्रको परिपत्रले कुनै फरक पार्दैन – नेबिसंघ अध्यक्ष सुबेदी

nebisang
पर्वत/नेपाली कांग्रेसको भातृसंगठन नेपाल बिद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुबेदीले केन्द्रको परिपत्रले कुनै फरक नपर्ने बताएका छन ।
जिल्ला कार्यसमिति बिस्तार गर्ने कार्य बिबादमा तानिएपछि केन्द्रिय समितिले निर्णय बदर गर्न परिपत्र गरेपनि उक्त परिपत्रले पर्वतलाई फरक नपर्ने सुबेदीले बताएका हुन ।
जिल्ला अध्यक्ष मिलन सुबेदीले अधिबेशन भएको झण्डै तीन बर्ष पछि जिल्ला समिति बिस्तार गरेपनि केन्द्रले बिस्तार गर्ने कार्य बदर गर्ने परिपत्र पठाएपछि बिबादमा तानिएको छ । जिल्ला अध्यक्ष मिलन सुबेदीले गएको पौष २८ मा जिल्ला समिति बिस्तार गरेका थिए । २०७१ बैषाख ३० मा अबिधेशन भएपछि अहिले सम्म जिल्ला समिति बिस्तार हुन सकेको थिएन ।
अध्यक्ष मिलन सुबेदीले पर्वत जिल्ला ११ औ महाधिबेशनमा बिबादीत जिल्लाको सुचीमा नपरेका कारण संगठन बिस्तारमा केन्द्रले रोक लगाउन नसक्ने दाबी गरेका छन । जिल्ला सभापति सुबेदीले भने केन्द्रले बिस्तार गरेको कार्यसमितिको उपाध्यक्षमा किशोर सुबेदी, सचिबमा बरदान पौडेल , सहसचिबमा श्रीकृष्ण रेग्मी उपाध्याय, कोषाध्यक्ष जमुना चोचाङ्गी रहेका छन । सदस्यहरुमा दिपक काफ्ले, शिशीर शर्मा,साजन परियार, मनोज केसी, आनन्द खत्री, इश्वर भुसाल, सागर शर्मा, बिक्रम चापागाई, प्रदिप पोखरेल, सुदिप लामिछाने, बिमलप्रसाद श्रेष्ठ लगायत लगायत रहेका छन । 16325515_1320695084620299_1574674036_o (1)
नेबिसंघका केन्द्रिय महामन्त्री कुन्दनराज काफ्रले र सरोजकुमार थापाले जिल्लालाई परिपत्र पठाउँदै जिल्ला कार्य समिति बिस्तारलाई बदर गरिएको परिपत्र गरेका छन । ‘केन्द्रिय अधिबेशन पछि संगठन सुदृढीकरण, स्वबियु निर्वाचन लगायतका काममा लागेको बेला केही जिल्लामा सगठन पुर्नगठन तथा कार्यसमिति बिस्तार भएको जानकारी आएकाले उक्त सबै कार्य बदर हुने निर्णय गरिन्छ’ परिपत्रमा भनिएको छ । उक्त परिपत्रको बोर्धाथ माउ पार्टी नेपाली कांग्रेसलाई समेत दिइएको छ।
जिल्ला समिति बिस्तारका क्रममा असन्तुष्ट पक्षलाई नसमेटेका कारण बिबाद केन्द्रमा पुगेको बताइन्छ । जिल्लामा सबै पक्षलाई समेटेर समिति पुर्नगठन गरेमा असन्तुष्ट पक्ष पनि सहमतिमा आउने स्रोतले बतायो । उक्त समिति बिस्तारमा पुर्ब केन्द्रिय सदस्य मोहन आचार्य लगायतका नेताहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।
समाप्त

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए