नेबिसंघको जिल्ला समिति बिस्तार, केन्द्रले बदर गरिदियो

16325515_1320695084620299_1574674036_o (1)
पर्वत/नेपाली कांग्रेसको भातृसंगठन नेपाल बिद्यार्थी संघ पर्वतको जिल्ला कार्यसमिति बिस्तार गर्ने कार्य केन्द्रिय समितिले बदर गरिदिएको छ ।
अधिबेशन भएको झण्डै तीन बर्ष पछि जिल्ला समिति बिस्तार भएपनि बिबाद कारण केन्द्रिय समितिले बदर गरिदिएको हो। जिल्ला अध्यक्ष मिलन सुबेदीले गएको पौष २८ मा जिल्ला समिति बिस्तार गरेका थिए । अधिबेशन भने २०७१ बैषाख ३० मा भएको थियो ।
नेबिसंघका केन्द्रिय महामन्त्री कुन्दनराज काफ्रले र सरोजकुमार थापाले जिल्लालाई परिपत्र पठाउँदै जिल्ला कार्य समिति बिस्तारलाई बदर गरिएको परिपत्र गरेका छन । ‘केन्द्रिय अधिबेशन पछि संगठन सुदृढीकरण, स्वबियु निर्वाचन लगायतका काममा लागेको बेला केही जिल्लामा सगठन पुर्नगठन तथा कार्यसमिति बिस्तार भएको जानकारी आएकाले उक्त सबै कार्य बदर हुने निर्णय गरिन्छ’ परिपत्रमा भनिएको छ । उक्त परिपत्रको बोर्धाथ माउ पार्टी नेपाली कांग्रेसलाई समेत दिइएको छ। 16244175_1320730267950114_711557745_n (1)
जिल्ला सभापति सुबेदीले बिस्तार गरेको कार्यसमितिको उपाध्यक्षमा किशोर सुबेदी, सचिबमा बरदान पौडेल , सहसचिबमा श्रीकृष्ण रेग्मी उपाध्याय, कोषाध्यक्ष जमुना चोचाङ्गी रहेका छन । सदस्यहरुमा दिपक काफ्ले, शिशीर शर्मा,साजन परियार, मनोज केसी, आनन्द खत्री, इश्वर भुसाल, सागर शर्मा लगायत छन।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’