पाङराङ स्वास्थ्य चौकीलाई साँसद लम्सालले दिए एम्वुलेन्स

16265759_1756620144657263_2639557774060953254_n
सुबास लामिछाने,पर्वत /पर्बत जिल्लाको दक्षिणी क्षेत्र पाङराङमा रहैको एक स्बास्थ संस्थालाई एम्बुलेन्स हस्तान्त्रण गरिएको छ ।
पर्वत क्षेत्र नं २ का साँसद बिकास लम्साले साँसद क्षेत्र बिकास कोष र बिभिन्न निकायको सहयोगमा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन।
सांसद बिकास लम्सालले पाङराङ स्बास्थ चौकी ईन्चार्ज शारदा चौधरीलाई एम्बुलेन्स तथा स्वास्थ्य उपकरणस्बास्थ चौकीलाई हस्तान्त्रण गरे। एम्बुलेन्स नहुदा हिडेर सदरमुकाम आउने त्यस क्षेत्रका झण्डै ५ गाबिसका मानिसहरु लाभान्बीत हुने भएका हुन । एम्बुलेन्समा पाङराङ गाबिसको ठुलो सम्पति जोडिएको र यसलाई संरक्षण गर्न सबै गाबिसवासीहरुको आ–आफ्नो ठाउँबाट ठुलो भुमिका रहेको स्थानिय बासिले बताएका थिए । स्बास्थ संस्थामा एम्बुलेन्स आउने ठुलो कुरा नभएको भन्दै त्यस क्षेत्रको सडक खण्डको अवस्था निकै नाजुक भएको र तत्काल सडक मर्मत सम्भार गर्न स्थानियले ध्यानार्कषण समेत गराएका छन । ambulance
केही समय चलेको एम्बुलेन्स बिग्रीएपछि त्यसै थन्कीएको र सोही एम्बुलेन्स मर्मत सम्भार गरि स्बास्थ चौकिलाई हस्तान्त्रण गरिएको हो । हस्तान्तरण गर्दै साँस्द लम्सालले विरामीहरुलाई समयमै अस्पताल पु¥याउन र सहज ढंगले उपचारका गर्नको लागि महत्वपूर्ण भुमिका निभाउन सहयोग गर्ने आशा व्यक्त गरे । दुर्गम क्षेत्रका महिलाका दुख र पीडा बुझेको तथा भोगेको भन्दै एम्बुलेन्सले त्यस क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका पीडा कम गर्न सघाउ पु¥याउने बताए । बिरामीका लागि पनि एम्बुलेन्सबाट फाईदा पुग्ने भन्दै यसको दिगोपनाका लागि सहि ढंगले संचालन गर्न स्थानीयले ध्यान दिनुपर्ने साँसद लम्सालको भनाई थियो । कार्यक्रममा बोल्दै जिल्ला अस्पताल पर्बतका प्रमुख डाक्टर फडिन्द्र बरालले दुर्गम क्षेत्रका विरामीलाई छिटो छरितो सेवाका लागि एम्बुलेन्स सञ्चालन गरिएको भन्दै एम्बुलेन्सको सहि सदुपयोग गर्न आग्रह समेत गरे।
कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा.फडिन्द्र बरालले दुर्गम क्षेत्रका विरामीलाई छिटो छरितो सेवाका लागि एम्बुलेन्स सञ्चालन गरिएको भन्दै एम्बुलेन्सको सहि सदुपयोग गर्न आग्रह समेत गरे । निर्बाचन आयोग नेपाल, सांसद बिकास कोष क्षेत्र नम्बर २ पर्बत तथा गाबिस कार्यलयको सहयोग स्बरुप प्राप्त छ । 16195990_1756620244657253_7084184093388712289_n
पाङराङ स्बास्थ चौकि एम्बुलेन्सब्यवस्थापन समितिका अध्यक्ष तथा गाबिस डिल्लिराम पाध्याको सभापतित्बमा सम्पन्न कार्यक्रमको सञ्चालन पाङराङ स्बास्थ चौकिका अहेब श्याम कुमार यादबले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो