निर्वाचनका दुई विधेयक संसदबाट आजै पारित हुने सम्भावना

samsadकाठमाण्डौ ,संसद्को राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले निर्वाचनसँग सम्बन्धित दुई विधेयक मंगलबारको संसद् बैठकमा पेस गरेका छन् । उनले मतदाता नामावली विधेयक र निर्वाचन आयोग विधेयक संसद्मा पेस गरेका हुन् । अझै समितिमा राजनीतिक दल, स्थानीय तह निर्वाचन, निर्वाचन कसुरसम्बन्धी तीनवटा विधेयक दफावार छलफलको क्रममा छ ।

मंगलबार पेस भएका दुवै विधेयकलाई संसद्ले सम्भवतः बुधबार नै पारित गर्ने सम्भावना बढेको छ । विधेयकमाथि नेमकिपाको मात्र फरक मत रहेका कारण पनि यी दुई विधेयक पारित हुने सम्भावना बढेको हो । संसद् बैठक बुधबार २ बजे बस्दै छ ।

संसदमा सांसदहरूले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । मंगलबारको संसद् बैठकको शून्य समयमा बोलेका सांसदहरूले स्थानीय तह पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको र संविधानअनुसार पनि निर्वाचन गर्नुपर्ने बाध्यात्मक समयको चापमा रहेको भन्दै निर्वाचन मिति घोषणाको माग गरेका हुन् ।

सांसद अफिलाल ओखेडा, आशा घिमिरे, आशा कोइरालालगायतले तत्काल स्थानीय चुनावको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । निर्वाचन लोकतन्त्रको आधारस्तम्भको रूपमा रहेको भन्दै उनीहरूले जतिसक्दो छिटो मिति घोषणा गर्न माग गरेका हुन् ।यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए