सालीलाई छोरी बनाएर नागरिकता

सालीलाई छोरी बनाएर नागरिकता

काठमाण्डौ ,झुटो विवरण पेश गरि सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता दिने भिनाजुलाई स्थानीय प्रशाासनले पक्राउ गरेको छ । भिनाजुसँगै नागरिकता र राहदानी लिने दुवैजनालाई पनि प्रहरीले पक्रेको छ ।

पर्वत जिल्ला माझफाँट–१ बाट गायत्री जिसीलाई ३ वर्ष अघि मात्र विवाह गरेका आगिन्चोक–१ निवासी पदमबहादुर थापाले ससुरालीबाट २ सालीलाई बोलाएर छोरीका रुपमा सनाखत गरि गत माघ ४ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाएका थिए । थापाले गत माघ ४ गते गाविस सचिव शालिकराम खतिवडालाई श्रीमती गायत्री जिसीसँग २०५७ वैशाख १२ गते विवाह गरेको भन्दै विवाह दर्ता प्रमाण बनाउन लगाएका थिए।

विवाह प्रमाण पत्र बनाएकै दिन जुम्ल्याहा छोरीहरु इशा र इमी थापा २०५७ पुस ३ गते ८ महिनामै जन्मेको जन्मदर्ता प्रमाणपत्र पेश गरेका थिए । नागरिकता लिएको पर्सीपल्टै इशा थापाले माघ ६ गते काठमाडौंबाट राहदानी लिएकी थिइन् ।
सबै विवरण नक्कली भएको आशंकामा गाविस सचिव खतिवडाले स्थानीय प्रशासनमा माघ ४ गते उजुरी गरेपछि स्थानीय प्रशाासनले सबैलाई बोलाएर जारी गरिएको नागरिकता र राहदानी जफत गरि हिरासतमा लिएको सहायक प्रजिअ लिलाधर अधिकारीले बताए ।

यसै गरि झुटो विवरण दिई वंशजको नागरिकता लिने लापा–३, घीउवाङ्गमा विवाह गरेर आएकी ३५ वर्षीय भारतीय युवती कौडीमाया विश्वकर्मा राल्टेलाई पनि स्थानीय प्रशाासनले पुर्पक्षका लागी थुनामा राखेको छ ।

नीज युवतीलाई श्रीमान दुर्गबहादुर विकले आफ्नै मामा भक्तबहादुर विककी छोरी हुन भनेर सिफारिस गराई अंगीकृत नागरिकताको साटो वंशजको नागरिकता दिलाएका थिए । स्थानीय प्रशासनले दुवैजनालाई हिरासतमा लिई श्रीमान दुर्गबहादुर लाई ७५ हजार धरौटीमा मुक्त गरेको छ भने धरौटी राख्न नसक्दा कौडीमायालाई पुर्पक्षका लागि थुनामा राखेको छ ।

स्थानीय प्रशासनले उक्त मुद्धामा झुटो सिफारिस गर्ने लापा गाविस सचिव सञ्जित गहतराज र गाविस कार्यालय सहायककुमार तामाङलाई समेत प्रतिवादी बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’