मधेशका गाउँबस्ती पुग्ने तयारी सहित तराई झर्दै एमाले

काठमाडौं/प्रमुख प्रतिपक्षी दल एमालेले मेची–महाकाली तराई–मधेस जागरण अभियान उत्सवका रूपमा मनाउने भएको छ । जागरण cpn-umlअभियानलाई तराई–मधेसका गाउँ–बस्तीमा लगिने र त्यसमा ५०औं लाख जनतालाई सहभागिता गराउने एमालेको लक्ष्य छ ।

मधेसी मोर्चाका नेताले मधेसबाट एमालेलाई बैन्डबाजा बजाएर बिदाइ गर्नुपर्ने बताइरहेका बेला एमालेले भने मधेसका गाउँ–बस्तीका साथै मुख्य सहरकेन्द्रित अभियान उत्सवका रूपमा मनाउन लागेको हो ।

एमाले महासचिव ईश्वर पोखरेलले तराई–मधेस जागरण अभियान कसैको विरोधमा नभई संविधान कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्न, राष्ट्रिय एकता एवं सामाजिक सद्भावलाई सुदृढ गर्न, आर्थिक समृद्धि र राष्ट्रिय स्वभिमानको पक्षमा केन्द्रितहुने बताए ।‘हामीले कसैका विरुद्धमा अभियान सञ्चालन गर्न लागेको होइनौं,’ महासचिव पोखरेलले राजधानीसँग भने, ‘हाम्रो अभियान संविधान, आर्थिक समृद्धि, राष्ट्रिय स्वभिमान एवं राष्ट्रिय एकताको पक्षमा केन्द्रित हुनेछ ।’ पार्टी स्थायी कमिटीको निर्णयअनुसार एमालेले अभियानको तयारी गरेको हो ।

तराई–मधेस अभियान

सो क्रममा एमाले नेतृत्वको सरकारले तराई मधेसको विकासका लागि छुट्ट्याएको बजेट, नीति तथा कार्यक्रमलगायतका बारेमा सर्वसाधारणलाई जानकारी गराउने छ । साथै, उत्पीडित, श्रमजीवी, शोषित मधेसी जनताका पक्षमा र जमिनदार एवं शोषकका विरुद्ध अभियानलाई सशक्त रूपमा अगाडि बढाउने भएको छ ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले २१ फागुनमा सहिद दिवसकै दिन मेचीको काँकडभिट्टामा अभियानको उद्घाटन हुने र ५ चैतमा कञ्चनपुरको महेन्द्रनगरमा अभियानको समापन हुने बताए ।सो अभियानमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पार्टी वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित पदाधिकारी, स्थायी कमिटीका सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्यहरूको सहभागिता रहनेछ । पार्टीका शीर्ष नेताहरू सहभागी हुने अभियानमा केन्द्रीय स्तरका १ हजारभन्दा बढी नेतालाई परिचालन गरिने भएको छ ।

मधेसको मुटुकै रूपमा मानिने पूर्व–पश्चिम हुलाकी राजमार्गका साथै महेन्द्र राजमार्गमा आमसभा, ¥याली, प्रशिक्षणलगायतका कार्यक्रम गरिने एमालेले जनाएको छ । तराई–मधेस जागरण अभियान सकिनेबित्तिकै एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्गमा विशेष अभियान सञ्चालन गर्नेछ ।

काँकडभिट्टाबाट सुरु हुने अभियान विराटनगर, राजविराज, लहान, जलेश्वर, मलंगवा, गौर, कलैया, वीरगन्जसहित मधेसका जिल्लाको सदरमुकाममा ठूला आमसभा गर्ने तयारी स्थानीय कमिटीले गरिरहेको छ । प्रदेश कमिटी र जिल्ला कमिटीले अभियानको स्थानीय व्यवस्थापन गर्ने सर्कुलर एमालेले पठाइसकेको छ ।

हुलाकी राजमार्ग र महेन्द्र राजमार्गस्थित मधेसका पुराना ठूला एवं मझौला सहरमा केन्द्रीय नेताहरूले प्रशिक्षण दि“दै अगामी निर्वाचनका लागि स्थानीय नेता–कार्यकर्तालाई प्रशिक्षण दिने आन्तरिक तयारी पार्टीले गरेको छ ।एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डलले स्थानीय रूपमा गर्नुपर्ने तयारी तीव्र रूपमा अगाडि बढाइएको बताए । पार्टीको अभियान मधेसका प्रत्येक सदरमुकामका साथै अन्य सहरमा विशेष महोत्सवका रूपमा सञ्चालन गरिने गरी तयारी भइरहेको उनले बताए ।

‘मधेसमै जन्मेहुर्केको पार्टी हो एमाले, मधेसको विकासका लागि एमाले मधेसी जनताको पक्षमा सधैं रह“दै आएको छ र रहनेछ,’ मण्डलले राजधानीसँग भने, ‘हामी मधेसका सामन्तको विरोधमा र मधेसी जनताको पक्षमा अभियान केन्द्रित गर्छौं ।’एमालेले सञ्चालन गर्ने अभियानको विषयमा विशेष छलफल एवं थप कार्ययोजना बनाउनका लागि पार्टीको पोलिटब्युरो बैठक २४ र २५ माघमा काठमाडौंमा बोलाइएको छ ।

स्थायी कमिटीको निर्णयअनुसार पार्टीको केन्द्रीय सचिवालयले तयार गरेको कार्ययोजनामा पोलिटब्युरोको बैठकले थपघट गर्दै पारित गरेपछि सोहीअनुसार अभियान आक्रामक रूपमा सञ्चालन हुने तयारी भइरहेको छ ।एमालेले तत्काल निर्वाचनको मिति घोषणा गर्न, निर्वाचनसम्बन्धी विधेयकलाई तत्काल संसद्मा प्रस्तुत गर्न, प्रस्तुत भइसकेका विधेयकहरूलाई पारित गराउन आवश्यक वातावरण मिलाउन, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजान, साथै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने काम तत्काल अगाडि बढाउन माग गर्दै आएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार