पाँचौ पर्वत महोत्सब सुरु नहुँदै ६० लाख संकलन, सम्पुर्ण तयारी सकियो, बिहीबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

16251227_1262282867160152_1910672073_o (1)

पर्वत /पर्वतको सदरमुकाम कुस्माबजारमा माघ १३ (बिहीबार) देखि शुरु हुने पाँचौ पर्वत महोत्सबको सबै तयारी पुरा भएको छ ।
माघ १३ देखि २२ सम्म आयोजना हुने महोत्सबको सबै तयारी पुरा भएको मुृल आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । महोत्सबको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ।
महोत्सब आयोजक समितिका मुलसंयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेका अनुसार महोत्सबको सबै तयारी पुरा भएको हो ।महोत्सवमा स्टल निर्माण तथा बुकिङ भने शत प्रतिशत भएको छ भने प्रचारप्रसार कलाकार ब्यबस्थापनको काम सकिएको छ । ‘महोत्सबका लागि आवश्यक पर्ने सबै तयारी पुरा भएको छ’ उनले भने ‘उद्घाटनका लागि औपचारिक समय पर्खेर बसेका छौ’ उनले यस बर्षको महोत्सब ऐतिहासिक हुने दाबी पनि गरे ।

parbat-mahotsav-logoमहोत्सब शुरु नहुँदै ६० लाख

पर्वत महोत्सवको दुई दिन बाँकी छदै प्रायोजक, सहयोग दाता र स्टल बुकिङ्गबाट ६० लाख संकलन भएको छ ।
महोत्सब मुल आयोजक समितिले मंगलबार साँझ गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अहिले सम्म स्टल बुकिङ्गबाट १५ लाख, प्रायोजक र सहयोगदाताहरुबाट समेत गरि ४५ लाख रुपैया सहयोग गर्ने आश्वासन प्राप्त भएको छ । ‘अहिले सम्म संकलन भएको रकम अहिले सम्मकै सबैभन्दा बढी हो’ आर्थिक उपसमितिका संयोजक गोपी अधिकारीले भने ‘महोत्सबमा राम्रो आम्दानी हुनेछ भन्ने देखिएको छ।’ महोत्सबमा ३० लाखको टिकट बिक्री हुने र अन्य सहयोग गरि १ करोड आम्दानी हुने अनुमान आयोजकको छ । महोत्सबमा कलाकार र अन्य सबै खर्च गरि ३० लाख खर्च हुने भएकाले ७० लाख सम्म बचत गर्ने अनुमान आयोजक समितिको छ । तर महोत्सबहरुमा सोचे अनुसार कम आम्दानी हुने र खर्च बढी हुँदा बचत रकम न्युन हुँने परम्परा रहि आएको छ । यस पटक खर्चलाई कम गर्ने र बचतलाई बढाउनका लागि मितब्ययी तथा पारदर्शी रुपमा काम भैरहेको उपाध्यक्ष केदारनाथ शर्माले बताए । महोत्सबबाट बचेको रकम कुस्मामा सुबिधा सम्पन्न सिटीहल र बड्गाउँमा खेलमैदान निर्माणमा खर्च गर्ने लक्ष्य राखिएको शर्माले बताए ।

rafting-kaligandakiमहोत्सबमा यस्ता छन आकर्षण

पर्वत महोत्सवमा यस बर्ष अघिल्ला महोत्सब भन्दा केही पृथक आकर्षणहरु पनि थपिने भएका छन । महोत्सबमा हिमाल, पहाड र तराईलाई झल्काउने गरि चौरीगाई, र उँट साथै बिश्वकै सबैभन्दा ठुलो पंक्षी अस्ट्रीज पनि प्रर्दशनीमा राखिने भएको छ । महोत्सब अवधीभर कालीगण्डकीमा जलयात्रा गराउने तथा दुर्लुङ्गको डाडाँबाट प्याराग्लाईडिङ्ग गराइने महासचिब ठाकुर बि पौडेलले बताए । उनका अनुसार माटाको भाँडा र काठका ठेकी स्टलमा नै बनाउँदै पुरानो प्रबृधिको जानकारी दिइने छ भने बाँसका सामाग्री बुन्ने काम पनि स्टलमा नै हुनेछ। यसका साथै पर्वत जिल्लाका लोपोन्मुख सस्कृति पनि प्रर्दशन गर्ने कार्यक्रम रहेको छ। यसबाहेका कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पराम्परागत प्रविधि, प्रदर्शनी, स्थानिय परिकारहरुको प्रर्दशनी पनि गरिनेछ । स्थानिय लघु घरेलु उद्यमबाट उत्पादित सामाग्रीहरु पनि बिक्री तथा प्रर्दशनमा राखिने आयोजक समितिले जानकारी दिएको छ।

स्टेज तताउन ख्याती प्राप्त कलाकार

krishna akheliसाँस्कृतिक उपसमितिका अनुसार यस बर्ष ख्यातीप्राप्त कलाकारहरुलाई स्टेजमा उतार्ने तयारी आयोजकको छ । टिकट महोत्सबका आउने दर्शकलाई भरपुर मनोरञ्जन दिन राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, प्रमोद खरेल, बद्री पंगेनी, राजु परियार, शिव परियार, कुलेन्द्र विक, देवी घर्ती, प्रजापति पराजुली, कुलेन्द्र विक, याम क्षेत्री, रोमा न्यौपाने, चोलेकन्द्र पौडेल, कृष्ण समीप सुवेदी, विमलराज क्षेत्री, सम्झना भण्डारी, कृष्ण अखेली, कृष्णा गुरुङ, तृष्णा गुरुङ लगायतका कलाकारहरु आउनेछन।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)