कांग्रेस महासमिति सदस्य पुर्ननिर्माण प्राधिकरणको सिइयो !

govinda काठमाण्डौ/पुनर्निर्माण प्राधिकरणमा सुशील ज्ञवाली नियुक्त हुँदा एमाले कार्यकर्तालाई नियुक्त गरिएको भनेर निकै होहल्ला मच्चाइयो । प्रत्यक्ष राजनीतिमा संलग्न नै नभएका ज्ञवालीलाई हटाएर माओवादी केन्द्र नेतृत्वको सरकारले यस्तो व्यक्तिलाई प्रमुख नियुक्त गरेको छ, जसको काम नै प्राधिकरणमा बसेर राजनीति गर्नु छ ।

प्युठानका गोविन्द पोखरेल लामो समयदेखि राजनीति गर्न मरिहत्ते गरेर पनि सफल नभइरहेका एकजना महत्वाकांक्षी कांग्रेसी कार्यकर्ता हुन् । प्युठानबाट कांग्रेसको महासमिति सदस्य भएर राजनीति गरिरहेका उनले आफ्ना भिनाजु दिवाकर गौतममार्फत सुशील कोइरालासँग बनाएको सम्बन्ध नै अहिले उनका लागि फलिफाप भएको छ । त्यही सम्बन्धलाई प्रयोग गर्दै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका पोखरेलले प्राधिकरणमा फर्केर आउनका लागि मरिहत्ते गर्नुको कारण अरु केही नभएर त्यस निकायलाई राजनीतिकरण गर्नु नै रहेको देखिन्छ ।

कांग्रेसको गत वर्ष सम्पन्न महाधिवेशनमा रामचन्द्र पौडेलको प्यानलबाट पोखरेल केन्द्रीय सदस्यमा उठेका थिए । तर, पार्टीमा खास योगदान नभएका र एकातिर राजनीति अनि अर्कातिर सरकारी नियुक्त खान दुई नाउमा खुट्टा राखेका उनलाई कांग्रेसी कार्यकर्ताले पत्याएनन् र पराजित गरिदिए । त्यसपछि पनि उनको राजनीति गर्ने योजना रोकिएको छैन ।

गत निर्वाचनमा प्युठान– १ बाट लडेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई सहयोग गरेको भान पारेर गौतमको मन जित्न पनि बाँकी नराखेका उनले त्यसबाट फाइदा लिन एमालेबाट गौतम नलड्ने अवस्थामा त्यही क्षेत्रबाट निर्वाचन लड्ने योजना बनाएका छन् ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहेकै बेला पोखरेललाई सुशील कोइरालाको सरकारले प्राधिकरण प्रमुख नियुक्त गरेको थियो । त्यतिबेला उनकै पहलमा भूकम्पपीडितलाई एकमुष्ट रकम दिन नमिल्ने, लामो प्रक्रियापछि मात्रै रकम निकासा दिन पाइने जस्ता सम्झौता दाताहरुसँग गरिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई