एसपीले मध्यराती संगिता माननीयलाई फोन गर्दा ….!

teliphoneएकजना महिला सांसदलाई आधा रातमा फोन गरेको आरोपमा महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्याय सोमबार हेडक्वार्टर तानिएका छन् । सत्तारुढ नेपाली कांग्रेसकी सांसद संगीता मण्डल (धानुक) लाई महोत्तरीका एसपी उपाध्यायले आइतबार राति फोन गरेका थिए । आफूलाई एसपीले फोनमा दुव्र्यवहार गरेको भन्दै संगीताले आफ्नै पार्टीका नेतासमेत रहेका गृहमन्त्री विमलेन्द्र निधीलाई जानकारी गराएकी थिइन् । त्यसलगत्तै मन्त्री निधीको निर्देशनमा एसपी उपाध्यायलाई सोमबार हेडक्वार्टर झिकाइएको हो ।

करिब दुई महिना अघिमात्रै प्रहरी प्रधान कार्यालयबाट महोत्तरी सरुवा भएका एसपी उपाध्यायले राति सांसद संगीतालाई फोनमा छाडा शब्द प्रयोग गरेको स्रोतको दाबी छ । यसबारे चासो राख्दा महोत्तरीकी कांग्रेस सांसद संगीताले भनिन्- ‘त्यस्तो ठूलो केही पनि हैन, एसपीसा’बले ममाथि मिस बिहेब गर्नुभयो, र यो कुरा मैले गृहमन्त्रीज्यूलाई जानकारी गराएँ ।’

फोनमा त्यस्तो व्यवहार गरिसकेपछि एसपीले आफूसित माफीसमेत मागिसकेको सांसद धानुकले जानकारी दिइन् । धानुकले भनिन्- ‘उहाँले सरी पनि भनिसक्नुभएको छ । तर, म सांसदजस्तो व्यक्तिमाथि त्यस्तो अपमान हुँदा चुपलाग्नुहुँदैन भनेर मैले गृहमन्त्रालयमा जानकारी दिएकी हुँ ।’

एसपी उपाध्यायसँग आफ्नो पूर्व चिनजान भए/नभएको र कुन प्रयोजनका लागि उनले फोन गरेको भन्ने चाँहि सांसदले खुलाइनन् । उनले भनिन्- ‘मेरा श्रीमान र छोराछोरीका अगाडि उहाँले फोनमा त्यस्तो व्यवहार गर्दा चुप लागेर बस्ने कुरा पनि त भएन ।’

४६ वर्षीया धानुक महोत्तरीको राम गोपालपुर गाविस निवासी हुन् । उपत्यकामा उनको भक्तपुरको लोकन्थलीमा घर छ । ०६२ सालदेखि राजनीतिमा लागेकी उनी कांग्रेसकी समानुपातिक सांसद हुन् । उनका एक छोरा र छोरी छन् । कांग्रेसको महासमिति सदस्यसमेत रहेकी उनले ५ वर्ष सामाजिक सेविकाका रुपमा काम गरेकी छिन् ।

यसबारेमा एसपी उपाध्यायसँग बुझ्न खोज्दा उनले टेलीफोन रिसिभ गरेनन् र म्यासेजको पनि एसपी उपाध्यायबाट कुनै रिप्लाइ आएन ।
महोत्तरी जिल्ला प्रहरी कार्यालयले भने ‘एसपी साहेब केही दिनको बिदामा काठमाडौं गएको’ जानकारी दियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’