बाहिर प्रेमी–प्रेमिका,पर्दामा भने आमा–छोरा

hansika0_1484631792काठमाडौं/ दक्षिण भारतीय चलचित्रकी सफल अभिनेत्री काजल अग्रवालले केही समयअघि मात्रै उत्तर भारतका एक नेतासँग डेट गरेको खबर आएको छ । केही समय पहिले एक पार्टीमा चिनजान भएका उनीहरुले सेक्रेट मिटिङ पनि गरेको खबर छ ।

काजलले डेट गरिरहेका ती नेताको नाम भने सार्वजनिक भएको छैन ।  काजलले केही दिनअघि मात्रै आफ्नो लागि प्रफेक्ट म्यानको खोजीमा रहेको बताएकी थिइन् । आज हामी यही मेसोमा दक्षिण भारतका अभिनेत्रीहरुको अफेयरको बारेमा चर्चा गर्दैछौं ।

अनुष्का शेट्टी र प्रभास

अभिनेत्री अनुश्का र प्रभासले एकसाथ काम गरेका प्रायः सिनेमाहरु हिट छन् । उनीहरुको अनस्क्रिन केमेष्ट्रि धेरैले मन पराउँछन् । तर एकताका उनीहरुको अन स्क्रिनमा मात्रै नभएर अफ स्क्रिनमा पनि केमेष्ट्रि जमेको थियो । उनीहरु आफ्नो सम्बन्धलाई लिएर सिरियस थिए । प्रेमलाई विवाहमा परिणत गर्ने सोच उनीहरुको थियो । तर पछि उनीहरुले यी खबरहरु गलत भएको भन्दै अफेयरलाई स्वीकार गरेनन् । अनुष्का र प्रभासले सुपरहिट सिनेमा बाहुबलीमा आमा छोराको भूमिका निभाएका छन् ।

नयनतारा र प्रभुदेवा

दक्षिण भारतकी अभिनेत्री नयनतारा र प्रभुदेवाको अफेयरको चर्चा पनि एकताका खुबै थियो । नयनताराका लागि प्रभुले श्रीमतीलाई डिभोर्स समेत दिएका थिए । तर उनीहरुको सम्बन्ध सफल भएन । सन् २००८ देखि उनीहरुको अफेयर सुरु भएको थियो भने २०१२ मा अन्त्य । नयनताराले आधिकारिक रुपमै प्रभुसँग ब्रेकअप भएको पुष्टि गरेकी थिइन् ।

त्रिशा कृष्णन र राणा दग्गुबत्ती

त्रिशा र राणाको अफेयर तीन वर्षदेखि चलिरहेको छ । तर यो बिचमा उनीहरुको ब्रेकअप र प्याचअपको खबर पनि आइरहेका छन् । एकपटक राणासँगको सम्बन्धका बारेमा बोल्दै त्रिशाले आफूहरु बिच प्रेम नभएको र राणा मिल्ने साथी मात्रै भएको बताएकी थिइन् । सन् २०१५ मा त्रिशाको चेन्नईका एक व्यापारीसँग ईन्गेजमेन्ट भएको थियो । तर वर्ष दिन नपुग्दै २०१६ मा उनले ती व्यापारीसँग सम्बन्ध तोडिसकेकी छन् ।

हंसिका र सिंबु

दक्षिण भारतका अभिनेता तथा निर्देशक सिंबु र अभिनेत्री हंसिकाले आफूहरु एकअर्काको प्रेममा रहेको कुरा आधिकारिक रुपमै पुष्टि गरेका थिए । तर उनीहरुको सम्बन्ध हंसिकाकी आमालाई मन परेको थिएन । हंसिकाकी आमा छोरीको करिअर सफल रुपमा अघि बढोस् भन्ने चाहन्थिन् । यसैकारण उनलाई हंसिकाको प्रेम सम्बन्ध मन नपरेको हो । पछि २०१४ को फेबु्रअरीमा सिंबु स्वयमले हंसिकासँग आफ्नो ब्रेकअप भएको घोषणा गरे । मिडियामा ब्रेकअपको कारण हंसिकाकी आमालाई नै मानियो । १६ वर्षको उमेरमै अभिनेत्री बनेकी हंसिकाले अहिलेसम्म दर्जनौँ सिनेमामा काम गरेकी छन् ।

ईलियाना डिक्रुज र  एंड्रयू निबोन

ईलियानाका प्रेमी एंड्रयू निबोन अस्ट्रेलियन हुन् । विगत केही समय यता उनीहरु डेटमा छन् ।  ईलियानले आफू प्रेम सम्बन्धमा रहेको कुरा स्वीकार पनि गरिसकेकी छन् । प्राय जसो समय साथमा बिताउने यो जोडीका तस्बिरले ईलियानाको ईन्स्टाग्राम भरिएको छ । एकताका उनीहरुले सुटक्क विवाह गरेका खबरहरु पनि आएका थिए । तर ती खबरहरु गलत साबित भए । सन् २०१६ मा होलिडे र पछि एक पार्टीमा एकसाथ देखिए पछि उनीहरुको  सम्बन्धले चर्चा पाएको हो । ईलियाना अहिले दक्षिण भारतसँगै बलिउडमा पनि जमेकी छन् ।

तापसी पन्नु  र माथियस बोए

ओलम्पिकका सिल्भर मेडलिस्ट डेनिश ब्याडमिन्टन खेलाडी माथियस बोए र अभिनेत्री तापसी पन्नुको पनि अफेयर चलेको हल्ला मिडियामा छायो । यो जोडी एक म्याचको क्रममा पहिलो पटक हैदराबादमा भेटिएका थिए । मिडियामा आफ्नो अफेयरको हल्ला चलेपछि तापसीले आफू कसैको प्रेममा नभएको बताइन् । यो सँगै उनले माथियसलाई आफ्नो मिल्ने साथीको रुपमा चिनाइन् पनि । तर पटक पटक माथियस तापसीको सुटिङ सेटमा जानुलाई धेरैले प्रेमको संज्ञा दिएका छन् । दक्षिण भारतमा सफलता पाएकी तापसीले बलिउडमा चस्मे बद्दुरबाट ब्रेक लिएकी थिइन् । त्यसपछि उनले बेबी, पिंक लगायतका सिनेमामा काम गरिसकेकी छन् । अभिनेता अमिताभ बच्चनले विभिन्न विज्ञापनका लागि तापसीको नाम सुझाए पछि उनको चर्चा बलिउडमा झन् चुलिएको छ ।

नेहा शर्मा र रामचरण तेजा

दक्षिण भारतका साथै केही बलिउड सिनेमामा पनि काम गरेकी अभिनेत्री नेहा शर्माको अफेयर एकताका रामचरण तेजासँग थियो । उनीहरुको प्रेमले दक्षिण भारतीय सिने उद्योगलाई निक्कै ततायो पनि । एक अर्काको प्रेममा रहेका उनीहरुले विवाह गर्ने सोच बनाएका थिए । तर पछि यी सबै खबरहरु गलत ठहरिए । सन् २०१२ मा रामले प्रेमिका उपासनासँग विवाह गरे । नेहा एक्लै भइन् ।

सामंथा र सिद्धार्थ

तमिल अभिनेता सिद्धार्थ र अभिनेत्री सामन्था पनि एकअर्काको प्रेममा थिए । एकताका उनीहरु पार्टी र अन्य ईभेन्टहरुमा एकसाथ जान्थे ।  प्राय समय एक साथ बिताए पनि उनीहरुले प्रेमबारे भने खुलेर कुरा गरेनन् । केही समय अघि मात्र उनीहरुको ब्रेकअप भयो ।  मिडियाले उनीहरुको ब्रेकअपको कारण सामन्थाले केही सिनेमामा चाहिने भन्दा बढी एक्पोज गर्नुलाई मानेको छ ।

तब्बु र नागार्जुन

निर्माता साजिद नाडियडवालाई डेट गरिसकेकी बलिउड तथा दक्षिण भारतीय अभिनेत्री तब्बु एकताका दक्षिण भारतका चर्चित अभिनेता नागार्जुनसँग प्रेममा थिइन् । एकअर्काको प्रेममा रमाउन चाहेपनि उनीहरु एक हुन भने पाएनन् । तब्बुलाई डेट गर्नुभन्दा पहिले नै नागार्जुनले विवाह गरेका थिए । सीधा कुरा, उनले तब्बुका लागि श्रीमती छोड्न सकेकन् र उनीहरुको मिलन भएन । नागार्जुनसँग सम्बन्धको भविष्य नेदेखेपछि तब्बु अलग भएकी थिइन् । ४६ बर्षीय तब्बु अहिले पनि अविवाहित नै छन् ।

मिनाक्षी शेषाद्रि र राजकुमार सन्तोषी

सन् १९८३ मा बलिउड अभिनेता ज्याकी श्राफसँग सिनेमा हिरो खेलेर चर्चा पाएकी अभिनेत्री मिनाक्षी शेषाद्रिको अफेयर पनि निकै चर्चित रह्यो । उनको अफेयर निर्माता राजकुमार सन्तोषीसँग थियो । ८० र ९० को दशकमा राजकुमारले आफ्ना सबै सिनेमामा  मिनाक्षीलाई नै लिन्थे, कारण थियो उनीहको अफेयर । तर सन्तोषीले प्रेम प्रस्ताव राखे पछि मिनाक्षीले उनलाई ईन्कार गरेका खरबहरु पनि छन् । प्रेम प्रस्ताव सँगै मीनाले हिन्दी सिनेमालाई अलबिदा भनेकी हुन् पनि भनिन्छ । मिनाक्षीले पेंटर बुवाबाट बलिउडमा ब्रेक लिएकी थिइन् । उनी दक्षिण भारतकी सफल अभिनेत्री हुन् ।

विशाल र वरलक्ष्मी

दक्षिण भारतकी अर्की अभिनेत्री वरलक्ष्मी र विशाल को अफेयर पनि केही वर्ष चल्यो ।  उनीहरु प्राय पार्टी र ईभेन्टहरुमा एकसाथ देखा पर्थे । तर अचानक वरलक्ष्मीले विशाल र आफ्नो सात वर्ष पूरानो सम्बन्ध सकिएको घोषणा गरिदिइन् । वरलक्ष्मीले तमिल, कन्नड र मलयालम सिनेमामा काम गरेकी छिन् । सन् २०१२ मा आएको सिनेमा पोड्डा पोड्डी उनको पहिलो सिनेमा हो । उज्यालो अनलाईनबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग