फेसबुकमा सामूहिक बलात्कारको लाइभ भिडियो राखेपछि …………

facebookएजेन्सी /सामाजिक सञ्जालको प्रयोग राम्रो काममा मात्रै होइन , बिकृती पनि बढाएको छ । सामाजिक सञ्जाललाई दुरुपयोग गर्दै अपराधमा संलग्न भएकाहरु त्यसकै आधारमा प्रहरी फन्दामा पनि पर्न थालेका छन। यस्तै घटना भएको छ युरोपेली मुलुक स्वीडेनमा । स्वीडेनमा सामूहिक बलात्कार आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ति तीन जनाले एक महिलालाई सामूहिक बलात्कार गरेको र त्यसको लाइभ भिडियो सामाजिक सञ्जाल फेसकबुमा देखाएको आरोप छ । उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । आइतबार बिहान एक महिलाले फोन गरेर फेसबुकमा एक ग्रुपले महिलालाई सामूहिक बलात्कार गरेको भिडियो फेसबुकमा लाइभ देखाएको भन्दै फोन गरेकी थिइन् । ति महिलाका अनुसार भिडियोको अन्तिममा एक व्यक्तिले ‘तिम्रो बलात्कार भयो’ भनेको सुनिने र त्यसपछि त्यो व्यक्ति हाँस्छ । अरु धेरै व्यक्तिले पनि त्यो भिडियो हेरेको प्रहरीले पुष्टि गरेको छ ।

बलात्कारको लाइभ भिडियो देखाइएको फेसबुक ग्रुपमा हजार भन्दा धेरै सदस्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले १९ देखि २५ वर्ष उमेरका तीन पुरुष र एक महिलालाई एउटै अपार्टमेन्टबाट पक्राउ गरेको छ । २१ वर्षकी जोसेफिन लुण्डग्रेनले भिडियोबारे प्रहरीलाई जानकारी गराएकी हुन् ।

बलात्कार गर्ने एक युवकसँग बन्दुक पनि रहेको लुण्डग्रेनले स्वीडेनको एक पत्रिकालाई बताएकी छन् । लाइभ भिडियो झण्डै ६० जनाले हेरेको उनको भनाई छ । फेसबुकले सन् २०१५ देखि लाइभ स्ट्रिमिङ्ग सेवा सुरु गरेको हो । त्यसयता यस्ता धेरै घटना भएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना