आयोजनाको बजेट खोस्ने दुई मन्त्रीको यस्तो छ दाउ

Nepali-Rupaiyaकाठमाण्डौ /भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि र सिँचाइमन्त्री दीपक गिरीको दबाबमा भेरी बबई डाइभर्सन आयोजनाको ३९ करोड रुपैयाँ रकमान्तरण गर्ने तयारी गरिएको छ ।

सरकारले महत्वसाथ राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राखेर यसलाई चालु आर्थिक वर्षको बजेटमा ९० करोड रुपैयाँ विनियोजन गरेको छ । आयोजनाले खर्च नर्ग नसकेको निहुँमा उक्त रकममध्येको ३९ करोड ३९ लाख रुपैयाँ बजेट रकमान्तरण गरी नेपाली कांग्रेसबाट बनेका मन्त्रीद्वय निधि र गिरीले आफूखुरी आयोजनामा थप रकम दिन खोजेका हुन् ।

सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाबाट रकम झिकेर खुद्रे किसिमका औचित्यहिन आयेजनालाई बजेट दिने सबै तयारी पूरा भएको छ ।

‘मन्त्रीहरुको दबाबमा सचिव र विभागीय प्रमुखहरुबीच छलफल गरेजस्तो गरी आ-आफ्ना गृहजिल्लाका सिँचाइ आयोजनालाई थप बजेट दिने सबै तारतम्य मिलाइएको छ,’ ती अधिकारीले भने, ‘अहिले यसको फाइल सचिव गजेन्द्र ठाकुरसँग पुगेको छ । यही वा अर्को साता स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइनेछ ।’ यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

देशभर मौसम बदली, वर्षाको सम्भावना

बन्दीपुरकाे केबलकारभित्रै खान-सुत्न पाइने, तीन अर्ब लागतमा बन्दैछ केबलकार, रेस्ट्रोकार र तारे होटल

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

वैदेशिक रोजगारले बढायो सम्बन्धविच्छेद,-पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उकालो लाग्दो

कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण