माओवादी केन्द्रमा तीव्र ‘जातीयकरण’

Maoist_Kendraकाठमाण्डौ /वर्गीय पक्षधरताको वकालत गर्दै आएको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रले जातीय शैलीमा ‘संगठनात्मक कार्यविधि’ अघि बढाउने भएको छ ।

पार्टीलाई जातीयकरण गर्ने दीर्घकालीन सोचाइसहित तयार पारिएको कार्यविधि केन्द्रले परिपत्रका रूपमा मातहत निकायमा पठाउन थालेको हो । केन्द्रीय कार्यालयको बैठकमा तीव्र विरोध भए पनि वर्षमान पुन नेतृत्वको कार्यदलले बनाएको ‘संगठनात्मक कार्यविधि’ लागू गर्न लागिएको छ । उक्त परिपत्र संगठन विभाग प्रमुख रामबहादुर थापाले मातहत निकायमा पठाएका हुन् । केन्द्रीय कार्यालय बैठकको निर्णयका रूपमा थापाले पुस २७ गतेको मिति राखेर सांगठनिक निकायमा परिपत्र पठाइरहेका छन् ।

पार्टीलाई सैद्धान्तिक धरातलबाट बाहिर निकालेर संयुक्त मोर्चाका रूपमा अगाडि सार्न खोजिएको, एनजीओकरण गराउन खोजेको, केही जनजाति नेताले पार्टी कब्जा गर्न दीर्घकालीन सोचाइका साथ कार्यविधि बनाएको भन्दै बैठकमा उक्त कार्यविधिको चर्को आलोचना भएको थियो । स्रोतका अनुसार पुन नेतृत्वको कार्यदलले बनाएको कार्यविधि बैठकमा पेस भएपछि टोपबहादुर रायमाझी, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, नारायण शर्मालगायत नेताले पार्टीलाई सर्वहारावर्गको अग्रदस्ता बनाउन खोजेको हो कि संयुक्त मोर्चा बनाउन भन्ने प्रश्न राखेका थिए ।यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ ।

जनसंख्याका आधारमा पार्टीको केन्द्रीय समितिमा आर्य खस ६१ वा ६२ जना, महिला सयजना, दलित २६ जना, मधेसी दलित नौजना, खस आर्य दलित १७ जना, मुस्लिम आठ वा नौजना, आदिवासी जनजाति ६० वा ६१, थारू १३ जना, मधेसी ३० जना, मधेसी दलितसहित मधेसी ३९ जना रहने गरी कार्यविधि बनाइएको छ ।

‘कथनी र करनी’ फरक देखिएको कार्यविधि अध्ययन गरेका नेताहरू बताउँछन् । अधिकांश वरिष्ठ नेताले कार्यविधि पढ्न पनि पाएका छैनन् । कार्यविधिमा नेपालमा सामन्तवाद, साम्राज्यवादविरोधी पुँजीवादी जनवादी क्रान्ति पूरा गरी समाजवादी क्रान्तिको रणनीतिक लक्ष्य हासिल गर्न आधारभूत रूपमा पार्टीलाई सर्वहारावर्गको अग्रदस्ताको अवधारणामा आधारित राखिएको दाबी गरिएको छ । तर नेताहरू पार्टी अहिले सर्वहारा वर्गको अग्रस्ताका रूपमा रहेको स्वीकार्न तयार छैनन् ।

पार्टीका नेताहरूले बैठकमा गरिबीको रेखामुनि रहेका र कर्णाली क्षेत्रलाई विशेष प्राथमिकता दिने गरी कार्यविधि परिमार्जन गर्न आग्रह गरेका थिए तर कार्यविधिमा उनीहरूको आवाज सुनुवाइ भएको देखिँदैन । ‘जनसंख्याका आधारमा प्रतिनिधित्व गराउने, जातीय नारा दिने, आर्यखस समुदायलाई पाखा लगाउने र आफू नेतृत्वमा आउने केही जनजाति नेताको दीर्घकालीन सोचाइका साथ आएको कार्यविधिको विरोध गर्दा जनजातिको विरोध गरेजस्तो देखिने, नगर्दा राष्ट्रिय-अन्तर्राष्ट्रिय डिजाइनअनुसार जातीय पार्टी हुने देखिन्छ’, एक आर्यखस समुदायका नेताले भने ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो