कहाँ गायब भए यी १९ जना प्रहरी रु सात दिनभित्र हाजिर हुन उर्दी

nepal-police-e1462325536967काठमाण्डौ /प्रहरी प्रधान कार्यालयले विभिन्न बहानामा कार्यालयमा अनुपस्थित भएका प्रहरी कर्मचारीहरुलाई सात दिनभित्र हाजिर हुन उर्दी जारी गरेको छ । प्रधान कार्यालयले तोकिएको समयभित्र उपस्थित नभए कारबाही हुने पनि जनाएको छ ।

प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत १९ जनाका नाममा यस्तो उर्दी जारी गरेको हो । कार्यालयलाई जानकारी नदिई कार्यालयमा अनुपस्थित हुने प्रहरीहरुमा भक्तपुर सूर्यविनायकका नेत्रप्रसाद घिमिरे, कपिलबस्तुका पुजारीप्रसाद गुप्ता, बाँकेका वीरबहादुर थापा, सुनसरीकी कमला चौधरी, सप्तरीका अशोककुमार यादवलगायत छन् ।

‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालयमा हाजिर हुन आउनुहोला,’ प्रधान कार्यालयद्वारा सोमबार जारी सूचनामा उल्लेख छ, ‘अन्यथा प्रहरी नियमावली २०१७ अनसार कार्वाही हुने पनि सूचनामा उल्लेख छ ।’यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना