निजी खर्चमा हेलिकोप्टरबाट लगेर भूकम्पपीडितलाई घरैमा पहिलो किस्ता बाँडे साँसदले

rahat-through-helicopeter-in-Okhaldhungaकाठमाण्डौ /ओखलढुंगाको दुर्गम तथा पर्यटकीय गाविस पोकलीका भूकम्पपीडितलाई आफ्नै गाउँमा पहिलो किस्ता रकम सोमबार बाँडिएको छ । हेलिकोप्टरमार्फत गाउँमै पैसा लगेर बाँडिएको हो । चार सय ६६ घरधुरीलाई ५० हजार रुपैयाँका दरले दुई करोड ३३ लाख रुपैयाँ बितरण गरिएको हो ।

दलीय स्वार्थभन्दा माथि रहेर काम गरेकाले हेलिकोप्टरमा राखेर जनताको घरसम्म पैसा पुराउन सकिएको ओखलढुंगाका कांग्रेस सांसद रामहरि खतिवडाले बताए । व्यक्तिगत पहलमा हेलिकोप्टरको ब्यवस्था गरेका सांसद खतिवडाले जनतासँग १ रुपैयाँ पनि नलिएको बताए ।

कार्यक्रममा एमाले सांसद हर्कबोल राइले घर निर्माणका लागि पाएको पैसा घर निर्माणमै प्रयोग गर्न अनुरोध गर्दै अन्य कार्यमा खर्च नगर्न अनुरोध गरे । १९ हजार ८ सय १९ घरमा क्षति पुगेको ओखलढुंगा जिल्लाको पोकली गाबिसमा ४ सय ७६ घरधुरीमा क्षति पुुगेको छ । १० परिवारको कागजी प्रकृया नपुगेका कारण उनिहरुलाई प्रक्रिया पछिमात्र रकम उपलब्ध गराइने छ ।

स्वास्थ्य शिविर, नागरिकता टोली र शुरक्षा निकायका लागि लाग्ने खर्च प्रशासनबाटै व्यहोरिने भएको छ । ३ दिनसम्म घुम्ती स्वास्थ्य शिविर र नागरिकता टोली पोकली गाविसमा बसेर सर्वसाधारणलाई सेवा प्रदान गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई