गोरु मारेको अभियोगमा पर्वतको चित्रेका दुई दलित पुर्पक्षका लागि थुनामा

adalat-3पर्वत/ गोरु काटेर खाएको आरोपमा पर्वतको चित्रे गाविस-५ का रामबहादुर आइते र चित्रे-९ का मिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले गौवद मुद्दामा दुई आरोपितलाई पक्राउ गरी पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाका आरोपितलाई थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश मोहनराज भट्टराइको एकल इजलासले मुद्दा दायर भएकै दिन ७ माघमा दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

आरोपित दुवै जनाले पुस १८ गते गोरु काटेर खाएको कसुर पेश भएको थियो । उनीहरु दुवै जनालाई मुलुकी ऐनको चौपाय महलको १ नम्बर विपरित कार्य गरेको भन्दै चौपाय महलको ११ नम्बर बम्मोजिम कार्बाहीको माग दावी गरिएको छ । चौपाय महलको ११ नम्बरमा आरोपितलाई माग बम्मोजिमको कसुर ठहरेमा १२ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’