स्थानिय निकाय कर्मचारी संघमा पर्वतका हरिकुमार श्रेष्ठ पूनः अध्यक्षमा बिजयी, एमालेको एकलौटी बर्चस्व, (निर्वाचित टिमको नाम र मत सहित )


16266201_984853488313634_56822394255394266_nकाठमाण्डौ /
स्थानीय तह कर्मचारी संघ नेपालको चौथो ष्ट्रिय अधिवेशनमा पर्वतका हरिकुमार श्रेष्ठ अत्याधिक मत सहित अध्यक्षमा बिजयी भएका छन । श्रेष्ठ पर्वतको देबिस्थानका स्थायी बासिन्दा हुन । अधिवेशनले हश्रेष्ठको नतृत्वमा ६१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । श्रेष्ठले अध्यक्षका प्रत्यासी शारदा थपलियालाई २ सय मतले पराजित गरेका हुन् । श्रेष्ठले २ सय ५० मत प्राप्त गर्दा थपलियाले ५० मत मात्र प्राप्त गरे । श्रेष्ठ यस अघि पनि संघको अध्यक्ष निर्वाचित भएका थिए ।

महासचिव सुनिल पाण्डेले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिवसँगै केही केन्द्रीय सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारीमा अधिकांश एमाले निकटका कर्मचारीले विजयी हात पारेका छन् । केही प्रदेश उपाध्यक्षहरु मात्र एमालेइतरका विजयी भएका छन् । महासचिव पाण्डेले दिएको जानकारी अनुसार अधिवेशनबाटै केन्द्रको मातहतमा रहने गरी प्रादेशिक तदर्थ कमिटी पनि निर्वाचनबाटै टुंगो लागेको छ ।संघको केन्द्रिय सदस्यमा जिल्ला बिकास समिति पर्वतका नायब सुब्बा देबीप्रसाद पौडेल पनि निर्बीरोध निर्बाचित भएका छन ।

१३ वर्षदेखि लगातार एउटै व्यक्ति अध्यक्ष बन्दा नेतृत्व विकास नहुने भन्दै केही पदाधिकारीले निर्वाचन नै बहिष्कार गरेको बुझिएको छ । ‘१३ वर्षदेखि एउटै व्यक्ति अध्यक्ष बन्दा नेतृत्व विकासमै असर पर्ने भएकाले हामीले निर्वाचन नै बहिष्कार गरेका हौँ,’ अघिल्लो कार्यकालका एक पदाधिकारीले भने, ‘विधानमा पनि एक व्यक्ति दुई कार्यकालका लागि मात्र रहने भन्ने छ । तर, विधानलाई नै लत्याएपछि हामीले समर्थन गर्न सकेनौँ ।’16298858_1322340597823352_2742596264382781846_n

चौथो कार्यकालका लागि को–को निर्वाचित भए ? यस्तो छ मत र नामावलीः 1

2

3

64

5

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)