खाजा खर्च कटाएर मृगौला पिडीतलाई बिद्यार्थीले गरे आर्थिक सहयोग

16265384_1254900404603763_5039259768496407002_n
सुवास लामिछाने,पर्वत/गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर एकै परिवारका चार ४ जना मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्त्रण गरेका छन् । बिद्यार्थीहरुले आफुले खाने खाजा खर्च कटाएर सबै बिद्यार्थीहरु संग आर्थिक सहयोग जुटाएर मृगौला पिडीतलाई उपचारको लागि सहयोग गरेका हुन ।
जिल्लाको कुर्घा ३ का तिलोचन शर्माका एक छोरा दुई छोरी र श्रीमतीको मृगौलाको उपचारको लागि सहयोग गरीएको हो । उक्त सहयोग रकम आईतबार एक कार्यक्रमको अबसरमा पर्बत जिल्ला क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशीको हातबाट २४ हजार ३ सय ४० रुपैया हस्तान्त्रण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद जोशिले बिद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर मृगौला पिडितको लागि गरेको काम उदारणीय रहेको बताउनुभयो । एक परिवारमा समस्या पर्दा बिद्यार्थीहरु पनि सकृय भएर आर्थिक एवं अन्य समाजीक सहयोगमा लागेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले एकै परिबारको ४ सदस्यको मृगौला फेल हुदाँ परिबारमा हुने पिडालाई कसैले पनि भल्न नसकिने बताउनुभयो ।
उहाँले मृगौला पिडितको लागि सरकारको सहयोग उपलब्ध गराउने भन्दै आफुले स्बास्थ मन्त्रालयमा पत्राचार गरेको समेत बताउनुभयो । रकम बुझदै पिडीत शर्माले बिभिन्न सहयोगि हातहरुको सहाराले उपचार जुटेको जनाउँदै परिवारीक बज्रपातमा बिद्यार्थीहरुले पनि ठुलो गुन लगाएको बताउनु भयो ।
सहयोग हस्तान्त्रण कार्यक्रममा गुप्तेश्वर क्याम्पसका क्याम्पस प्रमुख रामजीप्रसाद सुबेदी, क्याम्पस ब्यवस्थापन समितिका सदस्य कुलप्रसाद पाध्या लगायतले बिद्यार्थीहरुले मृगौला पिडित परिबारको लागि सानो भएपनि सहयोग जुटाएकोमा खुसी ब्यक्त गर्नूभएको थियो । बिद्यार्थी तथा सहयोग हस्तान्त्रण कार्यक्रमका कार्यक्रम संयोजक शिशिर पौडेलको अध्यक्षता बिद्यार्थी दिपेन्द्र पोख्ररेलको स्बागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन अमृत पोखरेलले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)