यसरी हुने गर्छ बिजुली चोरी, प्राधिकरणकै कर्मचारी चोरीमा !

bijuli choriकाठमाडौं, १० माघ -नेपाल विद्युत् प्राधिकरणकै कर्मचारीको मिलेमतोमा वर्षाैँदेखि ठूला उद्योगहरूलाई निःशुल्क बिजुली दिइँदै आएको खुलेको छ ।
कमिसन लिएर उद्योगीलाई निःशुल्क बिजुली दिँदै आएका प्राधिकरणका १२ कर्मचारी र चार व्यवसायीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ,। महानगरीय अपराध महशाखाले प्राधिकरणका सुपरभाइजर र मिटररिडरहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये केही कर्मचारी ट्रेड युनियनका नेता हुन् । मनिज श्रेष्ठ कर्मचारी संघको कोषाध्यक्ष हुन् भने दिलबहादुर साउद केन्द्रीय सदस्य । त्यस्तै, महादेव प्रधान कर्मचारी युनियन विद्युत् प्राधिकरण इकाइका सल्लाहकार हुन् । प्राधिकरणका उच्च अधिकारीहरू हेटौंडा गएका बेला प्रधानले आफ्नै घरमा मिटर रिडिङका उपकरण राख्ने गरेका थिए ।
प्रसारण लाइनबाट डाइरेक्ट हुकिङ गर्ने, घरमा राखिएको मिटर रिडिङ गर्न नदिने, पुराना मिटरलगायतका विधिबाट बिजुली चोरी हुने गरेको छ । कतिपय ठाउँमा प्राधिकरणकै कर्मचारीको मिलेमतोमा पनि चोरी हुने गरेको छ । राजनीतिक दबाबका कारण प्रशासनले विद्युत् चोरीमा संलग्न व्यक्तिलाई कारबाही गर्न सकेको थिएन । प्राधिकरणका क्रियाशील ट्रेड युनियनले कर्मचारी सरुवामा हस्तक्षेप गर्दा पनि चोरी नियन्त्रणमा समस्या रहेको प्राधिकरणका कर्मचारीहरू बताउँछन् ।यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।
देशमा ठूलो मात्रामा विद्युत् चोरी हुने गरेको र यसमा प्राधिकरणका कर्मचारीको मिलेमतो रहेको सूचनाका आधारमा प्रहरीले एक महिनादेखि अनुसन्धान सुरु गरेको थियो । मिटर घटाउँदा–घटाउँदैकै भिडियोसमेत खिचेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । अपराध महाशाखाले काठमाडौंमा मात्र अनुसन्धान गरेको हो । मिलेमतोमा उद्योगको मिटर बिगार्ने काम देशभरि रहेको स्रोत बताउँछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)