सर्वेन्द्र खनालले फेरि गरे जनताका पक्षमा अर्को ठूलो काम

sarbendra khanalबिजुलीको मिटर बिगारेर राज्यलाई अर्बौं ठगी गरेको अभियोगमा प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहालवाला ९ र अवकाशप्राप्त पाँच जना कर्मचारी छन् । पक्राउ पर्नेमा सुपरभाइजरसमेत छन् । महानगरीय अपराध महाशाखाको टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ, तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधानलगायत छन् । उनीहरूले मिटर बिगारेर उद्योगसँग १० वर्षभन्दा बढी समयदेखि प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले जनाएको छ । उनीहरूले पानी, कपास, चक्लेट, बिस्कुटलगायत उद्योग र राजधानीका मिठाइ पसलको मिटर बिगारेर राज्यलाई अर्बौं अर्बौं ठगी गरेको प्रहरीको दाबी छ ।यो समाचार आजको राजधानीइ दैनिकले छापेको छ ।

उनीहरूले गौशालास्थित रामेश्वरम स्विट, बेजान मिष्ठान भण्डार, जोरपाटीस्थित लिक्वेन्स वाटर कारखानालगायतको मिटर बिगारेर रकम असुली गरेको भेटिएको प्रहरीले जनाएको छ । सुपरभाइजर श्रेष्ठको साथबाट प्रहरीले मेसिन बिगार्ने उपकरणसमेत बरामद गरेको छ ।

हेटौंडा कार्यालयका कर्मचारी प्रधानले भने हेटौंडाको हटियास्थित सिभम् सिमेन्टको मिटर बिगारेर मासिक रूपमा रकम उठाएको आरोप छ । महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले लोडसेडिङलाई मलजल गर्ने र घुस लिएर उद्योगहरूलाई बिजुली दिएको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको बताए । उनीहरुविरुद्ध ठगी मुद्दा दायर गर्न लागेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए