माओवादी कोटामा एमालेबाट न्यायाधीश, बर्षमानलाई यसरी बेचियो !

high-court-judgeराजनीतिक भागबन्डाका आधारमा न्यायाधीश नियुक्त गरिएको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रलाई बद्नाम बनाउने अभियान सुरु भएको छ । यो अभियानको नेतृत्व एमालेका मिडियाहरुले गरेका छन् । तर बाजी भने एमालेले मारेको छ ।

समाचार स्रोतका अनुसार न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढ्नासाथ एमालेका नेताहरु सुवास नेम्वाङ, अग्नि खरेल, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश सपना मल्ल प्रधान धेरै दिनदेखि गोप्य मिटिङमा थिए । न्यायपरिषद्मा ओवादी र कांग्रेसको बर्चश्व भएको वर्तमान अवस्थामा कुन माध्यमबाट आफ्ना मान्छेलाई उच्च अदालतको न्यायाधीश पदमा छिराउने ? भन्ने निष्कर्ष निकाल्न त्यसरी गोप्य बैठक बसेको थियो, समाचार स्रोतले बतायो ।

अहिले उच्च अदालतका लागि नियुक्त हुने न्ययाधीश नै पाँच वर्षपछि सर्वोच्च अदालतको न्यायाधीश र प्रधानन्यायाधीश बन्ने भएकाले यतिबेलादेखि नै गृहकार्य गर्नुपर्ने र कुनै हालतमा पन िआफ्नो पार्टीका मान्छे छिराउनुपर्ने निष्कर्ष बैठकले निकालेको थियो ।यो समाचार आजको तरुण साप्ताहिकले छापेको छ ।

समाचार स्रोतका अनुसार न्यायपरिषद्का अध्यक्षलाई प्रभावमा पार्ने जिम्मेवारी सपना मल्ल र कल्याण श्रेष्ठलाई दिइएको थियो भने वर्षमान पुनलाई प्रभाव पार्ने जिम्मेवारी सुवास नेम्वाङ आफैंले लिएका थिए । कांग्रेसमा धेरै कानुन व्यवसायी भएका कारण कांग्रेसमार्फत आफ्ना मान्छे घुसाउन नसकिने भएकाले माओवादीलाई प्रयोग गर्ने रणनीति बनाइएको थियो ।

त्यो रणनीतिअनुसार निकै ठूलो चलखेल गरिएको समाचार स्रोतले जनाएको छ । २५ मध्ये माओवादीका भागमा परेका १२ वटा कोटामा चलखेल गर्ने डिजाइन सुवास नेम्वाङले बनाएका थिए । नभन्दै न्यायपरिषद्को बैठक बसेको राति भन्दा केही घन्टाअघि नेम्वाङ र वर्षमान पुनको गोप्य मिटिङ भएको थियो । यो मिटिङको सुइँको पाएपछि न्यायपरिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र वैद्यनाथ उपाध्यायले असन्तुष्टि व्यक्त गर्दै बैठक राति होइन, दिउँसो बस्नुपर्ने माग गरेका थिए ।

तर उनीहरुको माग सुनुवाइ भएन । वर्षमानले खल्तीबाट झिकेर १२ जनाको नाम दिए । जसमध्ये माओवादी लमजुङ जिल्लाका नेता पारसमणि पौडेलकी श्रीमती शकुन्तला घिमिरे, नारायणकाजी श्रेष्ठ निकटस्थ श्यामजी प्रधान र बज्राचार्य थरकी एक युवती र अर्का एक गरी चारजना बाहेक सबै सुवास नेम्वाङमार्फत आएका नाम भएको माओवादी स्रोतले जनाएको छ ।

न्यायाधीश सपना मल्लले पाँच वर्ष प्रधानन्यायाधीश भई अवकाश लिएपछि पनि थप १५ वर्षसम्म एमाले निकटस्थहरु नै न्यायाधीश बन्ने गरी माओवादीको कोटाबाट नाम प्रवेश गराइएको बताइन्छ । दुईजना आफ्ना मान्छे परेका कारण नारायणकाजी चुप छन् भने कानुनमन्त्री अजयशंकर नायक राजीनामा दिने तर्खरमा रहेको समाचार स्रोतले जनाएको छ ।

वर्षमान पुनलाई आफ्नो प्रभावमा पार्न तनहुँका रामबहादुर थापा मगरलाई पनि एमालेले प्रयोग गरेको थियो । विगत चार वर्षदेखि टाढाको साइनो लगाउँदै वर्षमान पुनसँग निकट सम्बन्ध कायम गरेका थापा मगर आफैं पनि माओवादी कोटाबाट न्यायाधीश बन्न सफल भएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग